देउवा र दाहालबीच छलफल, साँझसम्ममा मन्त्री बन्नेको नाम दिन गठबन्धन दलहरुलाई आग्रह

राजनीति समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुट्नुभएको छ । विभिन्न कारणले सरकारलाई पूर्णता दिन नसकेका देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम दिन ताकेता गरिरहनुभएको छ ।

 

आज बिहान प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल पनि भएको छ । देउवाले आज साझसम्म मन्त्रिपरिषद् विस्तार गर्न खोजे पनि जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यका बाहिर रहेकाले भोलिको लागि धकेलिएको छ ।

 

कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ । भोलि बस्ने बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउने छ । आजसम्म आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दिन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई प्रधानमन्त्री देउवाको आग्रह छ ।

 

उता, माओवादी केन्द्रले पनि आज बस्ने स्थायी कमिटी बैठकमार्फत मन्त्रीको नाम तय गर्ने बताइएको छ । माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रीका रूपमा सरकारमा पठाएको छ । अब माओवादीले चार मन्त्री पाउने छ ।

 

उता, माधव नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी पार्टीले ६ जना मन्त्री पाउने छ । यसैगरि जसपाले मन्त्री छनौटको जिम्मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई दिएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =