गायक श्री कृष्ण लुइँटेल (बोके दारी) काे (साली कमला २) सार्बजनिक !

समाचार

तिनजुरे अनलाइन!

चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत बजारमा ल्याएका छन् । गत बिहिवार   उनले साली कमला  दुइ बोलको गीत युटुबमा सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा  शब्द स्वर संगीत गायक
श्री कृष्ण लुइँटेलकै रहेको छ  भने गीतको एरेज्न जाेनी याेन्जनकाे रहेकाे छ । केशव रायमाझिकाे निर्देशन, सुमन याेन्जनकाे छायानकन रहेकाे उक्त म्युजिक भिडियोमा केशव रायमाझि , कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, शुश्मा सुवेदीकाे प्रस्तुती रहेको छ। म्युजिक भिडियोमा प्रतीक श्रेष्ठकाे सम्पादन, कलर ग्रेडिङ हेमन तामाङकाे रहेकाे छ ।

लुइँटेलका ‘ए बा किन्देउन भट भट भटे’, ‘डल्ले कि बहिनी’, ‘तेरो बाऊ थोते’, ‘;सुनकाे सिक्री’, ‘ओके छ त’, ‘बाँके बर्दिया’, ‘केराको थम्बा’, गीत बज्यो ट्याक्सिमा..’ लगायत २०० भन्दा बढी गीतहरू सार्वजानिक भइसकेका छन् । हेर्नुहाेस् भिडियाे

श्रीकृष्णको आधिकारिक युटुब च्यानलमार्फत उक्त गीत सार्बजनिक भएको हो । उनले यस गीत मार्फत मनोरञ्जनका साथै केही सन्देश दिन खोजेको तिनजुरे अनलाइन लाई बताए ।

बिसं २०६२ सालमा सार्वजनिक भएकाे चर्चित गीत साली कमलाकाे अपार सफलता पश्चात गायक लुइँटेलले पुन ‘साली कमला २’ सार्बजनिक गरेका हुन !

हेर्नुहाेस् भिडियाे

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− seven = 1