झापाली समाज इजरायल साथै सृजनशील महिला समुह द्वारा पूर्वअध्यक्ष माला योञ्जन तामाङको बिदाइ कार्यक्रम सम्पन्न, को हुन् माला योञ्जन पढ्नुस |

इजरायल बिसेष

तीनजुरे अनलाइन |

झापाली समाज इजरायलकी पूर्वअध्यक्ष समाजसेवी  माला योञ्जन तामाङ  (मालाता गोले तामाङ) नेपाल फर्कने भए संगै झापाली समाज इजरायलले बिदाइ सम्पन्न गरे संगै कार्यबाहक अध्यक्ष को जिम्मा भने उपाध्यक्ष देबी खरेल पाण्डेलाइ दीएको छ सोहि अबशरमा सल्लाहकारमा ,देव बास्कोटा,उपाध्यक्षमा दुर्गा चापागाईं,सहकोषाध्यक्षमा  गोपाल घिमिरे,प्रवक्तामा  कुशल शर्मा लाइ चयन  गरिएको  संरक्षक सन्दीप भण्डारीले जानकारी दिनु भएको छ  |

इजरायलको हायारकोन पार्कमा शुक्रबार  राति  १० बजे भएको बिदाई कार्यक्रममा   झापालि समाज इजरायलका संरक्षक  सन्दीप भण्डारी  एन आर एन ए इजरायलका अध्यक्ष गणेश गिरि  प्रवाशी सिर्जनशील महिला समूहकी अध्यक्ष सबु भट्टराई  झापालि समाज इजरायलकाका समितिका महानुभाब  लगायत  इजरायलमा स्थापना  भएका   बिभिन्न संघ संस्थाका महानुभाब लगायत इजरायलमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थीति   रहेको थियो !

को हुन् माला योञ्जन पढ्नुस |

बिगत लामो समय देखि सामाजिक कार्य साथै क्रियासिल झापा दमककी माला योञ्जन तामाङ  (मालाता गोले तामाङ) ले
. नेपाल हस्ताकला सघ दमक को स्थापना काल  देखि सदस्यमा रहेर लामो समय सम्म काम गरेकी थिइन |
. दमक नगर पालिकामा रहेको अनाथ बाल तथा बृद्धा आश्रम को सस्थापक सह- सचीवमा रहेर हाल आजिब सस्थापक सदस्य मा रहि समाज
सेवा गर्दै आएकी  |
.दमक नगर पालिका मा रहेको स्थापन देखि  जनचेतना महिला सघ को सचिब पद मा कार्य गरि  हाल सल्लाहकार रहेकी
. नेपाल तामाङ घेदुङ सघ  इजरायल को  महिला प्रतिनिधि देखि उपाध्यक्ष पदमा रहि हाल सल्लाहकार मा रहदै आएकी,
. प्रवासी सृजनशिल महिला समुह इजरायल को स्थापना  देखि अध्यक्ष पदमा २  कार्यकाल पूरा गरि हाल संरक्षक मा रहि सेवा कार्य गर्दै
गरेकी |
. झापाली समाज इजरायल को स्थापना काल देखि सदस्य हुँदै,  बरिस्ठ उपाध्यक्ष  पदमा  २  कार्यकाल हाल सम्म काम  गर्दै, हाल अध्यक्ष पदमा कार्यरत |
.एन आर एन सिसि इजरायल को महिला उपाध्यक्ष पदमा रहि कार्य गर्दै गरेकी !
. नेपाल आदिवासी जनाजाती महा संघमा आबद्ध रही काम गरेकी  |
.अन्तर्राष्ट्रिय झापाली समाजमा   आबद्ध रही काम गरेकी छन |

१६ बर्सको कर्मभुमि इजरायललाई बिट मार्दै जन्मभुमि फर्कन लाग्नु भएकी माला  योन्जनले  आगामी दिनमा  आफू पनि सानो तिनो रोजगार र  आत्मनिर्भरता हुने काम गर्ने  र अरु लाई पनि सक्षम   र आत्मा निर्भरता बनाउने साथै नेपाल फर्केर पनि  समाज सेवामा निरन्तरता लाग्ने तिनजुरे अनलाइनलाइ  बताउनु भएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six ÷ = two