नेपाल तामाङ घेदुङ, इजरायल द्वारा सोनाम ल्होछार भब्य रुपमा मनाउने

इजरायल बिसेष

तिनजुरे अनलाइन!

नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा तामाङ समुदाय तथा बौद्ध धर्मवालम्विहरुको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८६० डुक/ मु पुख्रि ल्हो अर्थात (ड्रागन वर्ग)को अबसरमा सोनाम ल्होछार मनाउने भएको छ !

आयोजक संस्था नेपाल तामाङ घेदुङ इजरायलका अनुसार आउदो फेब्रुअरी १६ तारीख २०२४ शुक्रबार साँझ ७ बजे इजरायलको तेल अभिव स्थित याद हरुचिम १५ EVE हलमा सोनाम ल्होछारको पावन अवसरमा तामाङ “धर्म,भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनको” मुल उदेश्यले बौद्ध धर्म विधिवद्ध पुजापाठ का साथ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ सांगीतिक कार्यक्रम साथै स्वादिष्ट परिकार रात्री भोजन संगै रमाइलो गर्दै मौलिक चाड सोनाम ल्होछार मनाउन लागिएको बताईएको छ !

सांगितिक कार्यक्रमका साथै रात्री भोजनसंगै सोनाम ल्होछार पर्व मनाइने भएकाले उक्त कार्यक्रममा इजरायलमा बस्दै आइरहनुभएका विभिन्न राजनीतिक, समाजिक, धार्मिक संघसंस्थाका पदाधिकारी र इजरायलमा कार्यरत तामाङ तथा गैर तामाङ नेपाली भाषीहरु सम्पूर्णमा ‘सोनाम ल्होछार सांगीतिक साँझ २०२४’ कार्यक्रममा सहभागिता जनाइदिन पनि आयोजक संस्थाका महासचिव सुनिल रुम्बा तामाङले जानकारी दीएका छन ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 63 = sixty nine