किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा चासोक तङनाम भब्य रुपमा सम्पन्न | (फोटो फिचर सहित)

इजरायल बिसेष

तिनजुरे अनलाइन !

भाषा कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले इजरायलमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा चासोक तङनाम अर्थात्( न्वांगी पुजा) सम्पन्न भएको छ |

गत शुक्रवार साँझ ७ बजे तेल अभिव स्थित यादखरुचिम १५ मा किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा बोखिम लिम्बुको सभापतित्वमा मौलिक महान पर्व चासोक तङनाम( न्वांगी पुजा)बिधिवत रुपमा सम्पन्न भएको हो |

उक्त कार्यक्रमका प्रमुख अथिति नेपाली राजदुतावास इजरायलका कार्यवाहक राजदुत अर्जुन घिमिरे रहेका थिए भने विशिस्ट अथिति नेपाल आदिवासी जनजाति महासघ इजरायलका अध्यक्ष मिङमार शेर्पा, विशेष अथिति NRNA NCC इजरायलका अध्यक्ष गणेश गिरि,
साथै इजरायलमा विभिन्न उदेश्यले इजरायलमा स्थापना भएका संघ-संस्था, संगठन, अध्यक्ष तथा प्रतिनिधि लगायत इजरायलमा बिभिन्न नेपाली दाजु भाइ दिदि बहिनि हरुको उपस्थीती रहेको थियो |

किरात याक्थुङ चुम्लुङ इजरायलका प्रथम उपाध्यक्ष राज लिम्बुले चाशोक तङनाम अर्थात्( न्वांगी पुजा) को महत्व बारे जानकारी गराएका थीए भने कार्यक्रम संस्थाका महा सचिब सुदिप लिम्बू र सचिब तुल्सा तुम्बाहाङफे लिम्बूले संचालन गरेका थिए !

कार्यक्रममा उपस्थित कार्यवाहक राजदुत अर्जुन घिमिरे आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष मिङमार शेर्पा, NRNA NCC इजरायलका अध्यक्ष गणेश गिरि लगायतले सुभकामना मन्तव्य दिदै प्रवासि भुमिमा रहेर पनि भासा लिपि संस्कार संस्कृतको जगेर्ना गर्न क्रियासिल
कि. या. चु. इजरायलको प्रसंशा गर्दै सुभकामना व्यक्त गरेका थिए !

कार्यक्रमलाइ सांगेतिक बनाउन स्थानिय कलाकारको भब्य प्रस्तुती सङै धान नाच, च्याब्रुङ नाच, समेत प्रस्तुत गरिएको थियो !

महत्व :

विशेषगरी पुर्वका विभिन्न भेगमा वसोवास गर्ने लिम्वू, राई, सुनुवार र याक्खा जातिले मंसिर पुर्णिमा मा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पुजा गर्ने चलन छ भने प्रवासमा भने कामको समय बिदा मिलाए मनाईने गरिन्छ ।

प्रत्येक वर्ष मंसीर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पुर्णिमा,किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका रुपमा मान्दै आएका छन ।

केहि वर्षयता नेपाल सरकारले मंसिरे पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ । बिशेषतः यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजुङ, पाँचथर, इलाम धनकुटा तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरीमा भव्यताका साथ मनाउने गरिएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =