इजरायलमा हमासको आक्रमणमा मारिएका १० नेपाली सहित सबैको सम्झनामा दीप प्रज्ज्वलन !

इजरायल बिसेष

तेल अविव -इजरायलको तेल अविव लेभनिन्स्की पार्कमा गत नोभेम्बर ७ मा प्यालेस्टाइन अतिवादी समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको सहित सबैको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ !

गैरआवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद् इजरायलले गत अक्टोबर ७ तारिखका दिन हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको आत्माको चिरशान्तिको कामना गर्दै उक्त श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

एनआरएन इजरायलका अध्क्षय श्रीकृष्ण भण्डारीको सभापतित्वमा सम्पन्न शोक सभा तथा दीप प्रज्ज्वलन कार्यक्रममा इजरायलमा रहेका विभिन्न संघ संस्था र त्यहाँ कार्यरत नेपालीको सहभागिता रहेको थियो ।

सभालाई समापन सम्बोधन गर्दै अध्क्षय भण्डारीले नेपालमा इजरायलले हमासमाथि गरेको प्रत्याक्रमणको विरोधमा देखा परेको र्याली र समर्थनप्रति चर्को असन्तुष्टि राख्दै बिरोध गरेका छन् ।

नेपालमा प्यालेस्टाइनको समर्थनमा देखा परेको मानव अधिकारबादीहरुको र्याली र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टाराईले प्यालेस्टाइनको समर्थन गरेको बिषयलाई इजरायलबासी नेपालीहरुले चर्को बिरोध र असन्तुष्टि व्यक्त गरेका छन् ।

एक मिनेट मौन धारण गरेर शुरु भएको शोक सभामा नेपाल र इजरायलको राष्ट्र गान बजाईएको थियो ।

इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका १० नेपाली विद्यार्थी हमासको आक्रमणमा मारिएका थिए।

मारिने नेपालीहरूमा धनुषाका आनन्द साह, कैलालीका नारायण प्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दिपेश राज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरी रहेका छन्।

आक्रमणमा घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना नेपाल पुगिसकेका छन् र एक जना इजरायलको नेपाली दूतावासको हेरचाहमा रहेका छन् ।

बेपता भएका बिपिन जोशीको सम्बन्धमा पनि राजदूतावासले आफ्नो सक्दो पहल गरिरहेको छ।

आपतकालिन स्थितिमा इजरायलमा कार्यरत नेपालीहरुलाई गैरआवासीय नेपाली संघ इजरायलले सक्ने  सहयोग उपलब्ध गराउदै आईरहेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 62 = sixty three