नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा इजरायलमा ‘माघ्या सकराटी साँस्कृतिक साँझ ५०१५ सम्पन्न |

इजरायल बिसेष

तीनजुरे अनलाइन |
नेपाल मगर संघ शाखा इजरायलले नेपाली राष्ट्रिय पर्व माघे सक्रान्ति (माघ्या सकराटि) भब्य रुपले मनाएको छ |

गत १४ जनवरी २०२२ शुक्रबार तेल अभिवको मातालोन ७५ मा माघ्या सकराटी साँस्कृतिक साँझ २०७८ कार्यक्रम स्थानीय कलाकारहरुको पहिचान झल्किने बेजोड प्रस्तुतीको साथमा मगर परिकारहरुको स्वादिष्ट भोजन सहित भब्य रुपमा सफल सम्पन्न गरेको आयोजकले जानकारी दीएका छन |

मगर समुदायको “भेषभुषा,भाषा,धर्म ,संस्कृतीको संरक्षण एवम बिश्व भरीका मगरहरुको एकता अहिलेको आवश्यकता “”भन्ने मुल नाराका साथ इ स २०१३ मा इजरायलमा स्थापना नेपाल मगर संघ शाखा इजरायलले हरेक बर्ष विभिन्न कार्यक्रमका साथ् माघे सक्रान्ति (माघ्या सकराटि) मनाउदै आएको छ |

मगर समाज इजरायलका अध्यक्ष मन मास्की राना मगरको सभापतित्व र उपाध्यक्ष सुर्य राना मगरको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाली राजदुतावास इजरायलका कार्यबाहक राजदुत अर्जुन घिमिरे, बिशिस्ट अतिथिमा नेपाल आदिबासी जनजाति महासंघ इजरायलकी अध्यक्ष मिङमार शेर्पा,

त्यस्तै   नेपाली जनसम्पर्क समिती इजरायलका कटक श्रेष्ठ र संघिय लिम्बुवान सामाजिक मञ्च इजरायलकी महासचिव गिता तुम्बाहाम्फ साथै राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको रहेका महासचिब बिबश आले मगरले जानकारी दीएका छन् ।

कार्यक्रमलाई भव्यताकासाथ सफल बनाउने सबैलाई नेपाल मगर संघ इजरायलले हार्दिक धन्यवाद ज्ञापनसहित धन्यवाद ज्ञापन गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = six