ह्योल्मो समाज इजरायलको आयोजनामा “ह्योल्मो सोनाम लोसार” मनाईने !

इजरायल बिसेष

तिनजुरे अनलाइन!
ह्योल्मो समाज इजरायलको आयोजनामा
“ह्योल्मो सोनाम लोसार” सास्कृतिक साझ २०७८ मनाइने भएको छ !

आउदो फेब्रुअरी ४ तारिख तेलअबिबको मातालोन ७५ मा राष्ट्रिय पर्व २१४९ औं छ्यु ता ल्हो अर्थात् (पानी बाघ बर्ग) ह्योल्मो सोनाम लोसार मनाउने आयोजकले जानकारी दीएका छन !

बेलुका ७ बजे देखी सुरु हुने उक्त कार्यक्रममा बौद्ध धर्म परम्परा विविधता पुर्वक पुजा, ह्योल्मो संस्कार, संस्कृति, र परम्परा झल्किने  सांस्कृतिक कार्यक्रम को साथमा लोसार (रात्रीभोज) तथा शुभकामना आदानप्रदानको कार्यक्रम समेत रहेको छ !

इजरायलमा रहनु भएका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहेन उक्त कार्यक्रम सफल बनाउन इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदिबहिनीहरुमा अनुरोध सहित हार्दिक निमन्त्रणा समेत गरिएको महासचिव खेन्डो ओमु ह्योल्मोले जानकारी दिनु भएको छ !

“ह्योल्मो हाम्रो पहिचान, ह्योल्मो हाम्रो अधिकार”ह्योल्मो भाषा, भेषभुषा, लिपि, कला तथा संस्कृतिको संरक्षण र सम्बर्धन गरौभन्ने मुल नाराका इजरायलमा इ. स. २००६ मा स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

61 + = sixty eight