इजरायलमा तीज फोटो प्रतियोगिता हुदै

इजरायल बिसेष

इजरायल ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा इजरायलमा हुदै गरेको हरितालिका तीज महोत्सव २०७६ कार्यक्रमलाई आकर्षक बनाउन तीज फोटो प्रतियोगिता हुने भएको छ । मुख्य आयोजक झापाली समाज इजरायलका अनुशार उक्त प्रतियोगितामा सहभागी हुन इजरायलमा कार्यरत महिला दिदि बहिनि हुनुपर्ने छ भने अन्य केहि सर्तहरु राखेको छ । मुख्य आयोजक समाजका महासचिब खेमराज कट्टेलका अनुशार बिजेताहुने पहिलो, दोश्रो र तेश्रोले क्रमश प्रथम पुरस्कार साम्सुंग ग्यालेक्सी ए५०, दोश्रोले ५०० सेकल र तेस्रोले २५० सेकल साथै प्रमाण पत्रले सम्मान गरिने बताइएको छ भने अन्य पुरस्कारहरु पनि रहेका छन् । बिशेसगरि महिला दिदि बहिनिहरुको पर्व भएकोले पनि कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन यस प्रकारको कार्यक्रम राखिएको उनले बताए ।

सहभागी हुनका लागी तयार गरेको केहि नियमहरु

१) सहभागि हुनको लागी Page को Member हुनुपर्ने Member को लागि यस [JSI Official ll इजरायल] Page Like गरेको हुनुपर्ने साथै सहभागी हाल: इजरायलमा रहेको हुनुपर्नेछ ।

२) फोटो सफा, सिङ्गल र कुनै ब्यक्ति वा समुदाय कसै प्रति असर नपर्ने फुल फोटो हुनुपर्नेछ ।

३) फोटो साढि, कुर्था, लेंगा अथवा नेपाली कुनै पनि समुदाय वा धर्मको प्रतिनिधित्व गर्ने हुनुपर्छ (विदेशी, फेसनयुक्त कपडा लगाएको मान्य हुने छैन) उक्त फोटो यस पेजको Massage मा पुरा नाम र थर सहित उपलब्ध गराउनु पर्नेछ ।

४) फोटोमा Mention, Share गर्न सक्नुहुने छ बिजेताको छनोट Like को ७५% र कमेन्ट, सेयर साथै निर्णायक मण्डलको २५% छनोटमा विजेताहरू घोषणा गरीनेछ ।

५) कुनै पनि उमेरका महिला दिदी/बहिनीहरूले भाग लिन सकिनेछ ।

६) भोट अगष्ट २६ राती १२ बजे सम्म मात्र गर्न पाईनेछ र नतिजा तिज कार्यक्रमको दिन अर्थात अगष्ट ३० शुक्रबार राती १२ बजे घोषणा गरीनेछ र उक्त समयमा नै पुरस्कार र प्रमाण पत्रले सम्मान गरिनेछ ।

७) विजेता हुने प्रथम, दोश्रो र तेश्रो पुरस्कार घोषणा समय र स्थानमा अनिवार्य उपस्थिति भएको हुनेछ । अन्य थप केहि भएमा वा केहि रहेमा सस्थाको पेजबाट आधिकारिक जानकारी गराउने आयोजकले जनाएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty ÷ six =