नायिका श्रीजना कार्कीको अभिनयमा  बशन्ती बोलको म्युजिक भिडीयो  सार्वजनिक!

गीत संगीत
facebook sharing button
email sharing buttonतिनजुरे अनलाइन !आकाश श्रेष्ठ र सिर्जना कार्कीको अभिनय रहेको ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका छन् ।

आकाश पाण्डे फिल्म निर्मातासमेत हुन् । आकाश र सिर्जनाबाहेक गीतमा रन्जित सिंहको पनि अभिनय देख्न सकिन्छ ।

नायिका सिर्जना कार्की द्वारा अभिनय गरिएको नेपाली चलचित्र ” द रेड जोन” पनि ठुलो पर्दामा चाडै नै रिलिज हुदैछ ।

टिकटकबाट लोकप्रिय बन्नेहरुको भिडमा छिन् सिर्जना कार्की । नेपाली मुलकी सिर्जना भारत सिक्किमको राभेंगंग्ला निवासी हुन् । नेपाली रगत र मनकी सिर्जनाका प्रतिभा र सिर्जनाले यतिबेला हजारौँ नेपालीको मन जितेकि छिन् ।

टिकटक क्वीनको उपाधि पाएकी कार्की सानै देखि अभिनयमा पोख्त थिइन् । सिर्जनाले २०१८ मा टिकटक एकाउन्ट खोलिन्–सिक्किम गर्ल । उनले पहिलोपटक बनाएको टीकटक भिडियो त्यतिबेलाको चर्चित गीत तिमी छौ र पो म हाँसेकी छुको लिपसिङ्क थियो । पहिलो भिडियोबाटै कमेन्टस् र फलोअर्स पाउन थालेपछि उनी निकै हौसिइन्, त्यसपछि उनको कला यात्रा शुर भयो ।

माया प्रेमको भाव पस्कने गीतमा नवराज कलाउनी र विद्या तिवारीको स्वर रहेको छ । गीतमा संगीत राजेन्द्र भट्टको रहेको छ ।

गीतको शब्द रचना पनि नवराजकै रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतलाई अर्जुन भुसालले कोरियोग्राफ गरेको छ । गीतमा मोहित मुनालको एरेन्ज र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

मान्द्रो म्युजिकको प्रस्तुति रहेको गीतको निर्माता सुनिल कुमाल हुन् । सहनिर्मातामा भने अजय श्रेष्ठ र रन्जित सिंह रहेका छन् ।

https://youtu.be/AV3lk0_VoGE
Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × = twelve