राष्ट्रिय कलाकारहरुको साथमा इजरायलमा सिसेक्पा तङ्नाम  साङ्गितिक साझ मनाईदै कार्यक्रम हुने स्थान भयो परिवर्तन !

समाचार

तिनजुरे अनलाइन !
किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा
राष्ट्रिय चर्चित कलाकारहरुको साथमा
सिसेक्पा तङ्नाम  साङ्गितिक साझ मनाउने सम्पुर्ण तयारी पुरा भएको छ !

आउदो जुलाई १५ तारिक शुक्रवार साझ तेलअबिभ को याफो स्थित weizmaan 60 को हलमा
नेपालबाट आमन्त्रित ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, मिलन नेवार, एकदेव लिम्बु र कमेडि च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेलको साथमा साझ ८ बजे देखी  भब्य सांगीतिक कार्यक्रम रहने किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा काङबा बोखिम लिम्बुले तिनजुरे अनलाइन लाई जानकारी दीएकी छन !

अघिल्लो सुचना मा तेल अभिबको हागना १३५ मा कार्यक्रम हुने भनिए पनि कारणबस हल परिबर्तन गरिएको आयोजक द्वारा जारी सूचनामा जानकारी गराइएको छ !

कियाचु इजरायल द्वारा स्थापना गरिएको कियाचु इजरायल कल्याणकारी अक्षयकोष वृद्धिको लागी आयोजना गरिएको उक्त कार्यक्रम सफल बनाउन
इजरायलमा स्थापित सामाजिक धार्मिक,संस्कृतिक, राजनीतिक संघ संस्था, समाजसेवी, बुद्धिजीवी मिडियाकर्मी, लगायत सम्पुर्णमा अनुरोध गरिएको छ !
उक्त कोषबाट नेपालको प्रदेश नम्बर १
मा १२ जना गरिब, जेहेन्दार तथा अपांग बालबालिकाहरुले हरेक बर्ष छात्रवृत्ति पाइरहेको र र कोष वृद्धि भएसंगै क्रमशः एकल महिला दिदिबहिनीहरुलाई सिपमुलक तालिम दिएर आफैमा आत्मानिर्भर बनाउनु र बृद्वबृद्वाहरुलाई सहयोग गर्ने उदेश्य रहेको पुर्ब अध्यक्ष कुमार आङदेम्बे अभि ले जानकारी दीएका छन !                                                                                                     भाषा कला संस्कृतिको जगेर्ना गर्न प्रवाश इजरायलमा इ स २०१३ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलले नेपालमा भई परी आउने समस्यालाइ सहयोग गर्दै आएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventy ÷ ten =