प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिबेशन हुने

इजरायल बिसेष राजनीति

तिनजुरे अनलाइन !

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रवास संगठन ‘प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिबेशन हुने भएको छ ।

मंचकि सचिव मिना चुँडालद्वारा जारी विज्ञप्तिका अनुसार यहि जुलाई ८ तारिखका दिन हुने दोश्रो अधिबेशनलाई भर्चुअल अनलाइन जुम मार्फत प्रमुख अथिति रहेका एमाले स्थायी कमिटी सदस्य तथा प्रवास विभाग प्रमुख डा.राजन भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उक्त अधिबेशनमा सहभागी भएर कार्यक्रमको शोभा बढाई दिन प्रवासी नेपाली मंच इजरायलले इजरायलमा क्रियासिल ,सामाजिक राजनीतिक,धार्मिक, क्षेत्रीय’ साहित्यिक श्रमजीवी,न्याय प्रेमी, बुद्धिजीबी,बिध्यार्थी विभिन्न पेशा कर्मी बिशेष अपिल गरेको छ ।

यस्तो छ जारी सुचना !

नेकपा (एमाले )को प्रवास संगठन प्रवासी नेपाली मंच इजरायलको दोश्रो ऐतिहासिक अधिबेसन (नेकपा एमाले) स्थाई कमिटी सदस्य तथा प्रवास विभाग प्रमुख डा.राजन भट्टराई ज्यु को प्रमुख आतिथ्यमा निम्न मिति स्थान र समयमा जुम भर्चुअल माध्यम द्वारा हुने भएकोले इजरायलमा क्रियासिल ,सामाजिक राजनीतिक,धार्मिक, क्षेत्रीय’ साहित्यिक श्रमजीवी,न्याय प्रेमी, बुद्धिजीबी,बिध्यार्थी विभिन्न पेशा कर्मी साथै प्रवासमा रहेका आम नेपालीहरुको आसा र भरोसाको संगठन प्रवासी नेपाली मञ्च इजरायल संग आबद्ध सबैजना लाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty eight − forty five =