सिसेक्पा तङ्नाम  साङ्गितिक साझ सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु इजरायल आइपुगे !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा शुक्रबार हुने सिसेक्पा तङ्नाम  साङ्गितिक साझ सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु इजरायल आइपुगेका छन !

कलाकारहरु गायक प्रकाश सपुत,एकदेब लिम्बु, गायिका मिलन नेवार, साथै हास्यकलाकार भरतमणि पौडेल बिहिवार  रातको १२ बजे इजरायलको बेन्गुरियन बिमान स्थल आइपुगेका हुन !

कलाकारको स्वागतका लागी किरात याक्थुङ चुम्लुङ इजरायलका संस्थापक अध्यक्ष प्रताप मादेन निबर्तमान अध्यक्ष हरु गिता तुम्बाहाङफे , कुमार आङदेम्बे अभि , अन्तराष्ट्रिय कलाकार मंच इजरायलका निबर्तमान अध्यक्ष कादम्बरि दाना श्रेष्ठ , अनिल सिंह राजपुत, झापालि समाज इजरायलका महासचिव  खेमराज जमर कटेल लगायतले स्वागत गरेका थिए !

जुलाई १५ तारिक शुक्रवार साझ तेलअबिभ को याफो स्थित weizmaan 60 को हलमा
नेपालबाट आमन्त्रित ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुले साझ ८ बजे देखी  भब्य सांगीतिक प्रस्तुती दिने किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा काङबा बोखिम लिम्बुले तिनजुरे अनलाइन लाई जानकारी दीएकी छन !

कार्यक्रममा उपस्थित भई रम्न रमाउन हुन र कार्यक्रम सफल बनाउन सबै कलाकारहरुले इजरायल बासी नेपालीलाइ अनुरोध गरेका छन!                              कियाचु इजरायल द्वारा स्थापना गरिएको कियाचु इजरायल कल्याणकारी अक्षयकोष वृद्धिको लागी आयोजना गरिएको जनाईएको छ !

उक्त कोषबाट नेपालको प्रदेश नम्बर १ मा १२ जना गरिब, जेहेन्दार तथा अपांग बालबालिकाहरुले हरेक बर्ष छात्रवृत्ति पाइरहेको र र कोष वृद्धि भएसंगै क्रमशः एकल महिला दिदिबहिनीहरुलाई सिपमुलक तालिम दिएर आफैमा आत्मानिर्भर बनाउनु र बृद्वबृद्वाहरुलाई सहयोग गर्ने उदेश्य रहेको पुर्ब अध्यक्ष कुमार आङदेम्बे अभि ले जानकारी दीएका छन !                                                                                                     भाषा कला संस्कृतिको जगेर्ना गर्न प्रवाश इजरायलमा इ स २०१३ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलले नेपालमा भई परी आउने समस्यालाइ सहयोग गर्दै आएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ seven = one