प्रवासी नेपाली मंच इजरायलको अध्यक्षमा ज्योति शर्मा चयन !

इजरायल बिसेष राजनीति

तिनजुरे अनलाइन !
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रवास संगठन ‘प्रवासी नेपाली मंच इजरायल’को दोश्रो अधिवेशन बाट अध्यक्षमा ज्योति शर्मा चयन भएकी छन ।

तेलअभिबको यादखरुचिम १५ मा भएको अधिवेसनको उक्त कार्यक्रमको अध्यक्षता निबर्तमान अध्यक्ष तिर्थ गौतम रहेका थिए !

जुम भर्चुअल मार्फत नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा.राजन भट्टराई प्रमुख अतिथि रहेका थिए !

त्यस्तै विशेष अतिथि नेकपा (एमाले) पोलिट ब्यूरो सदस्य पुर्ब उद्योग मन्त्री तथा प्रतिनिधी सभा सदस्य यूवा इन्चार्ज महेश बस्नेत रहेका थिए !

कार्यक्रममा प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ, सचिव रमेश पाण्डे, प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटि सल्लाहकार प्रमुख संजय थापा त्यस्तै इजरायलमा स्थापना भएका विभिन्न संगठन र संस्थाका अध्यक्ष तथा प्रतीनिधिको सहभागिता रहेको थियो !

अध्यक्ष ज्योति शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ कार्यसमितिको उपाध्यक्ष गीतासुवेदी,सचिव मिना चुडाल ,उपसचिव पायल कटुवाल,उपसचिव शीब राज खड्का,आर्थिक विभाग प्रमुख पार्बती केसी , महिला बिभाग प्रमुख ठुली चन्द्राकला कोयि राई ,यूवा संयोजक धीरंद्र कुमार (समिर) प्रधान,सांस्कृतिक बिभाग प्रमुख नवराज वली ,प्रचार तथाप्रकासन विभाग प्रमुख रमेश जोशी,सदस्यहरुमा अनु तिमल्सिना,नरेन्द्र लामिछाने,जानु जि. सि,गोबिन्द राजथला,रश्मि राई,ईन्दिरा के.सी ,गोमा उप्रेती,सिता कोइराला,इबाकार्की,कबिता श्रेष्ठ ,जानुका चापागाई , पबित्रा भण्डारी चयन भएका छ्न ।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × = twenty one