इजरायलमा छैटौं बलिहाङ कप फुटबल प्रतियोगिता सम्पन्न उपाधि हाइफा टाईगरलाई!

इजरायल बिसेष खेलकुद

तिनजुरे अनलाइन!
किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा हरेक बर्ष आयोजना गरिने बलिहाङ कप फुटबल प्रतियोगिताको छैटौं संस्करण बलिहाङ कप ५०८२ फुटबल प्रतियोगिता गत शुक्रबार ०७, अक्टोबर साझ सम्पन्न भएको छ |

इजरायलको वोल्भसन फुटबल ग्राउन्डमा किराँत याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा काङ्भा बोखिमको सभापतित्वमामा सम्पन्न भएको छ !

कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदुतावास इजरायलका नियोग उप-प्रमुख अर्जुन घिमेरे विशिष्ट अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलककी अध्यक्ष नानिमाया योन्जन तामाङ, विशेष अतिथि एन आर एन ए इजरायलकी उपाध्यक्ष सुनिता गुरुङ रहेका थिए !                                                                                          प्रतियोगितामा आयोजक टिम केवाईसी, राइजिंग स्टार, दार्जिलिंग भेट्रान, हाइफा टाइगर, सेवेन स्टार हाइफा र दार्जीलिंग युनाइटेड सहित ६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको पोल ए मा रहेको आयोजक केवाईसीलाई टाइब्रेकरमा र दार्जिलिंग भेट्रानलाई सेमिफाइनलमा सहज जित निकालेर राइजिंग स्टार फाइनलमा पुगेको थियो त्यस्तै पोल बि मा रहेको हाइफा टाइगरले सेवेन स्टार हाइफा र दार्जीलिंग युनाइटेड  माथी हावी हुदै फाइनल सुनिचित गरेको थियो ।

अत्यन्त रोमान्चक भएको फाइनल खेलको अन्तिम समयहरुमा ४-० को जित निकालेर राइजिंग स्टारको सपना अधुरो पार्दै वलिहाङ कपको छैटौं संस्करण वलिहाङ कप – ५०८२ को उपाधी हाईफा टाईगरले जित्न सफल भएको थियो । जित संगै विजेता र उपविजेता टिमले क्रमस नगद ८ हजार, ४ हजार सेकल ट्रफी, सिल्ड प्राप्त गरेका थिए ।

प्रतियोगितामा हरेक खेलका म्यान अफद म्याच क्रमस निमा वान्ग्दी लेप्चा (राइजिंग स्टार), सुन्दर नेपाल (हाईफा टाईगर), दुर्गा लिम्बु (राइजिंग स्टार), प्रमोद लिम्बु (हाईफा टाईगर), सतिस लिम्बु (हाईफा टाईगर) ले प्राप्त गरेका थिए भने प्रतियोगिताको वेस्ट किपर सागर लिम्बु (हाईफा टाईगर), वेस्ट डिफेन्स प्रमोद लिम्बु (हाईफा टाईगर), धेरै स्कोर सुन्दर नेपाल (हाईफा टाईगर), वेस्ट प्लयेर अफ द टुडामेन्ट प्रताप लिम्बु (राइजिंग स्टार) ले पाउन सफल भएका थिए ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six × = twenty four