नेपाल तामाङ घेदुङ इजरायलको बाह्रौ वार्षिकोत्सव तथा आठौं अधिवेशन हुँदै

इजरायल बिसेष

तिनजुरे अनलाइन । नेपाल तामाङ घेदुङ इजरायलको वाह्रौ वार्षिकोत्सव तथा आठौं अधिवेशन आउदो नोभेम्बर १८ तारिख शुक्रबार साँम ७ बजे तेलअबिभको यसोधामाला ४४ मा भव्य रुपमा आयोजना हुने भएको हो ।

उक्त अधिवेशनका लागि संस्थाको २६औं बैठकबाट संरक्षक परिषदका सदस्य सुन्दर सिंह योन्जन तामाङको संयोजकतामा तीन सदस्यीय समती गठन समेत गरिएको छ । संरक्षक परिषदका सदस्य बि.बि योन्जन तामाङ, संरक्षक परिषदको सदस्य उर्मिला पाख्रिन तामाङ, पेमा पाख्रिन तामाङ सहित निर्वाचन समिती गठन गरिएको हो ।

साथै तामाङ ज्योज्यो आले,नाना आङ हरुमा नयाँ सदस्यता लिन र नविकारण गर्नका लागि पनि आयोजक संस्थाले अपिल गरेको छ । उक्त कार्यक्रममा इजरायलमा बस्दै आएका सम्पूर्ण नेपालीहरुलाई सहभागीता भइदिन अनुरोध पनि गरिएको छ ।

नेपाल तामाङ घेदुङ इजरायल तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म,भाषा, लिपि, भेषभुषा, कला संस्कृती र परम्परालाई संरक्षण एंव संवद्र्धन गर्ने उदेश्यले इ स २०१४ मा इजरायलमा स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventy two − = sixty five