एनआरएनए-एनसिसी इजरायलले १४औ बार्षिक उत्सवको अवसरमा कामदारहरुमा कानूनी समस्या र समाधान बिषयमा अन्तरक्रिया कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले एनआरएनए-एनसिसी इजरायलको गौरवमय १४औ बार्षिक उत्सवको अवसरपारी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ !

आउदो डीसेम्बर १८ तारिख सनिवार दिउसो १२ बजे इजरायलमा कामगर्दै आएका कामदारलाइ आबस्यक पर्ने कानूनी समस्याहरु तथा समाधानका उपायहरु लगायतका विभिन्न बिषयमा अन्तरक्रिया हुने भएको छ !

हिव्रु, अंग्रेजी नेपाली तथा हिन्दी भाषामा समेत सबैले वुझ्ने दोभासेको सहयोगमा परामर्श लिने सकिने उक्त कार्यक्रम
इजरायलमा रहेका कामदारहरुको हकहितकोलागि लागिपर्दै आइरहेको कानूनप्रद संस्था काभ्ला ओभेद (KAVLA OVED) र इजरायलमा रहेका विदेशी कामदारहरुका मुद्दाहरु हेर्दै आइरहेका , IMMIGRATION AND LABOUR LAWको विषयमा पारंगत मानिने वरिष्ट कानूनविद्बारा परामर्श गरिन लागेको हो आयोजक संस्थाका अध्यक्ष गणेश गिरिले जानकारी दीएका छन !

उक्त अन्तरक्रिया कार्यक्रम तेलअबिब स्थित मातालोन ७५ मा दिउसो १२ बजे देखी सुरु हुने छ भने एनआरएनए-एनसिसी इजरायलले बिभिन्न समयमा विभिन्न बिषयमा अन्तरकृया साथै सहयोग गर्दै आएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ one = four