तमु समाज इजरायलद्वारा तमु ल्होसार २०७९ को सुभकामना आदान प्रदान कार्यक्रम सङै सास्कृतिक कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

तमु समाज इजरायलद्वारा तमु ल्होसार २०७९ को अवसरमा तमु ३० डिसेम्बर २०२२ शुक्रबार तेल-अभिब स्थित यादखरुचिम १५ को हलमा साँझ ७:०० बजेदेखि राष्ट्रिय पर्व तमू ह्युई_ल्हो ल्होसार स्योकै तथा सांस्कृतिक कार्यक्रम २०२२”मनाउने भएको छ !

संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमहरुको साथमा इजरायलमा कार्यरत स्थानीय नेपाली कलाकारहरुको प्रस्तुतिहरु , रहने बताईएको छ !त्यस्तै डिजे धमाका सहित रात्रीभोज तथा ल्योसारको शुभकामना आदानप्रदान कार्यक्रम सङै भब्य रुपमा ल्होसार मनाउन गईरहेको कार्यक्रमकी संयोजक (उपाध्यक्ष) नरमाया तमुस्योले तिनजुरे अनलाइनलाई जानकारी दीएकी छन !

उक्त कार्यक्रममा उपस्तिथ हुन इजरायलमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतीनिधि साथै सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरुलाई उपस्थितिको लागी आयोजक संस्थाले अनुरोध गरेको छ |

“ प्ये म्हस्याँ छ्याँ म्हमु , छ्याँ म्हस्याँ ल्हु म्हमु , ल्हु म्हस्याँ म्हि म्हमु, अर्थात शास्त्र हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ र आफ्नो संस्कार संस्कृति संस्कारको जगेर्ना गरौं भन्ने उदेश्यले ई स २००६ मा इजरायलमा स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ fifty one = fifty six