इजरायलमा उभौली साकेला साङ्गितिक कार्यक्रम २०२३ मनाईयो !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

किराँत राई यायोख्खा इजरायलको आयोजनामा गत मे १२तारीख इजरायलको तेलअभिब स्थित यादखरुचिम १५ मा किराँतीहरूको महान चाड उभौली_साकेला येलेदुङ ५०८३ विधिवत पुजा तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ !

किरात राई यायोख्खा इजरायलका अध्यक्ष जसमान थुलुङ राई (दीप कुमार ) को सभापतित्वमा र नेपाली राजदुतावास इजरायलकी महामहिम राजदुत कान्ता रिजालको प्रमुख आतिथ्य रहेका थिए !

त्यस्तै विशिष्ट अतिथि नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष नानी माया योन्जन तामाङ्, बिशेष अतिथि NRNA NCC इजरायलका अध्यक्ष गणेश गिरि, अतिथिमा राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष ज्यूहरू तथा प्रतिनिधि नेपाल बाट आमन्त्रित चर्चित नेपाली राष्ट्रिय कलाकार मेलिना राई, साथमा इजरायलमा रहेका स्थानिय कलाकारहरुको साथमा उभौली साकेला साङगितिक २०२३ भब्य रुपमा सम्पन्न भएको हो !

कार्यमा प्रमुख अतिथि, बिसेस अतिथि लगायतले परदेशमा रहेर पनि संस्कृति बचाउन लागी परेका सम्पुर्ण आयोजक लाई सुभकामना साथै निरंतरताको कामना गरेका थिए !

साकेला साङगितिक कार्यक्रम २०२३ भब्य रुपमा सम्पन्न नेपाल देखी आमन्त्रित कलाकार मेलिना राईले आफ्ना दर्जनौं गीत गाएर दर्शकलाई मनोरञ्जन दीएकी थिईन !

किराँत राई यायोख्खा इजरायलले परदेशमा रहेर पनि भाषा, कला, संस्कृति,को जगेर्नाको निम्ति इ स २०१२ मा स्थापना भई नेपालमा भई परी आउने समस्या लाई सहयोग गर्दै सामाजिक कार्य समेत गर्दै आएको छ !

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

21 ÷ = seven