ह्योल्मो समाज इजरायलद्वारा सोनाम लोसार मनाउदै ! “जस्ट अ ज्याम “को लाइभ म्युजिक प्रस्तुति रहने !!

इजरायल बिसेष गीत संगीत

तिनजुरे अनलाइन !

ह्योल्मो समाज इजरायलले २१५० औं सोनाम लोसार मनाउने भएको छ ,आउदो जनवरी २७ तारिक इजरायलको तेल अभिब यादखरुचिम १५ मा साझ ७:३० बजे देखि उक्त हुने भएको हो !

ह्योल्मो समाजद्वारा जारी सुचना अनुसार छ्यु-म्हो ता-ल्हो लाई बिदा गर्दै छ्यु-म्हो ह्येए्-ल्हो लाई स्वागत गरि राष्ट्रीय पर्व ‘’२१५० औं छ्यु-म्हो ह्येए-ल्हो ह्योल्मो सोनाम लोसार २०२३ “ शुभकामना आदान-प्रदान, सांस्कृतिक कार्यक्रम (श्याब्रु ) हुने बताईएको छ !

हिमाली छेत्रमा बसोबास गर्ने ह्योल्मो समुदाय को आफ्नो बेग्लै मौलिक पहिचान का साथ आमा यंग्री को आशिर्वाद लिएर ‘’ह्योल्मो हाम्रो पहिचान, ह्योल्मो हाम्रो अधिकार” ह्योल्मो भाषा, भेषभुषा, लिपि, कला तथा संस्कृतिको संरक्षण र सम्बर्धन गरौं !! बन्ने मूल नारा का साथ साल सन् २००६ मा ह्योल्मो समाज इजरायलको स्थापना भएको हो ।

उक्त कार्यक्रम सफल बनाउन इजरायलमा कार्यरत ह्योल्मो समुदाय लगायत सम्पूर्ण नेपाली तथा नेपाली भाषी दाजु-भाई तथा दिदी-बहिनी हरुमा यहाँ हरुको गरिमामय उपस्थितिको लागि ह्योल्मो समाज इजरायलले निमन्त्रणा गरेको छ !

त्यस्तै सोही कार्यक्रममा इजरायलमा स्थापना भएको ” जस्ट अ ज्याम ” समुहको लाइभ म्युजिक प्रस्तुति रहने बताईएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty ÷ ten =