राष्ट्रिय कलाकारहरुको साथमा नेपाल तामाङ घेदुङ इजरायलले २८५९ सोनाम ल्होछार मनाउने!

इजरायल बिसेष

तिनजुरे !

नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा २८५९ सोनाम ल्होछार मनाईने भएको छ !

आउदो फेब्रुअरी ३ तारीख २०२३ शुक्रबार साझ ७ बजे EVE हलमा सोनाम ल्होछारको मनाउन लागीएको हो बौद्ध धर्मवालम्विहरुको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८५९ तावर/ कुरि ल्हो अर्थात (बिरालो वर्ग )मनाउन लागिएको हो !

सोनाम ल्होछारको अवसरमा तामाङ “धर्म,भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनको” मुल उदेश्यले बौद्ध धर्म विधिवद्ध पुजापाठ का साथमा नेपालबाट आमन्त्रित राष्ट्रिय लोकप्रिय सेलो गायिका जितु लोप्चन तामाङ साथै गायक हेम वाइबा तामाङ साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ सांगेतिक कार्यक्रम बताईएको छ !

उक्त कार्यक्रममा भब्य रुपमा सफल बनाउन इजरायलमा क्रियासिल रूपमा रहेका विभिन्न राजनीतिक, सामाजिक, धार्मिक संघ-संस्थाका अध्यक्ष तथा प्रतीनिधि हरु साथै सम्पुर्ण नेपालीमा नेपाल तामाङ धेदुङ, इजरायल परिवारले निमन्त्रणा गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

86 − = seventy eight