हराएका काका खोज्दै श्री कृष्ण लुइँटेल “बोकेदारी”(भिडीयो सहित )

गीत संगीत

तिनजुरे अनलाइन !
हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका हरायो” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

अंग्रेजी शब्दले गर्दा नेपाली वालवालिकाले नेपाली भाषा र हाम्रो संस्कृतिलाई भुल्दै गएको कुरालाई गीतमार्फत प्रस्तुत गरेका छन् ।बालबालिकाका पहिलो गुरु आफ्नै आमावुवा रहेको र विद्यालय घर भएकाले उनीहरूको संस्कारको सुरुवात पनि आफ्नै घर र अभिभावक मार्फत हुने सन्देश दिनका लागि यस म्यूजिक भिडियोको परिकल्पना गरिएको लुइँटेलले बताए ।

लुइँटेलले आफ्नै युट्युब च्यानलमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।लुइँटेलसँगै गीतमा मनिषा पोखरेलको पनि स्वर रहेको छ।यस गितका रचनाकार अच्युत अधिकारी (ब्याए भुटान) हुन् ।

`ए बाउ किन्देउ न भट्भटे´,`बोकेदारी´ लगायतका थुप्रै गितले उनलाई हाँस्यब्यङ्ग गायकका रुपमा स्थापित गरिसकेको छ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

49 ÷ = forty nine