श्रीकृष्ण लुइँटेल “बोकेदारी” को अर्को सन्देश मुलक गीत “मरगेली हम” सार्बजनिक !

गीत संगीत

बोकेदारी’ उपनाममा लोकप्रिय भएका श्रीकृष्ण लुइँटेलको सन्देश मूलक गीत “मरगेली हम” कमेडी गीत सार्बजनिक भएको छ।

समसामयिक सन्देश मुलक जनजीवनका कुराहरू समेटि हास्य बिधाबाट अघि बढ्दै सफलता कमाईरहेका श्री कृष्ण लुइँटेलले सामान्य जनजीवनमा भईपरी आउने घट्नाक्रमलाई रमाईलो ढङ्गले प्रस्तुत गर्दै हरेक गीतमा सन्देश समेत दीएको पाइन्छ !

थारु भाषाबाट ‘मर्गेली हम’ शव्द सापटी लिएर भजन शैलीलाई पनि गीतमा समावेश गर्दै जड्याहा परिवारको पोल खोल्दै गरिबी भित्र पिल्सिएर महँगीमा नेपालिले भोग्नुपरेको कथाब्यथालाई पनि गीतमा रमाईलो ढंगले प्रस्तुत गरिएको छ !

गीतमा तास खेल्नेहरुको पनि बिरोध गरिएको छ । धन र निधनको कुरा गर्दै मान्छेको मरण भएपछिको प्रसङ्गमा ‘अब आउने पिढिले के सिक्छ ?’ भन्दै प्रश्न खडा गरिएको छ ।

उनका गीतमा कमेडिका कुरा मात्रै नभएर केही समसामयिक सन्देश तथा जनजीवनका कुराहरू समेटिएका हुन्छन् । सुरुवातदेखि अहिलेको अवस्था सम्मपनी उनी आफ्नो हास्य बिधाबाट अलिकति पनि नडगमगाई अघि बढ्दै सफलता कमाईरहेका छन् । सार्बजनिक उनको स्वरमा रहेको ‘मर्गेली हम’ गीतमा पनि सामान्य जनजीवनमा भैपरी आउने घट्नाक्रमलाई रमाईलो ढङ्गले प्रस्तुत गरिएको छ । हेर्नुस् सो गीतको भिडियो यस्तो वनेको छ ।

थारु भाषाबाट ‘मर्गेली हम’ शव्द सापटी लिएर भजन शैलीलाई पनि गीतमा समावेश गर्दै जड्याहा परिवारको पोल खोल्दै गरिबी भित्र पिल्सिएर महँगीमा नेपालिले भोग्नुपरेको कथाब्यथालाई पनि गीतमा रमाईलो ढंगले प्रस्तुत गरिएको छ । गीतमा तास खेल्नेहरुको पनि बिरोध गरिएको छ । धन र निधनको कुरा गर्दै मान्छेको मरण भएपछिको प्रसङ्गमा ‘अब आउने पिढिले के सिक्छ ?’ भन्दै प्रश्न खडा गरिएको छ ।

५ मिनेट २ सेकेन्ड लामो गीत कमेडी धारको भएपनी गहन बिषयमाथी तयार गरिएको छ । गीतका शब्दहरू हरिगोपाल अधिकारीले कोरेका छन भने संगीत श्रीकृष्णले नै भरेका छन् । जोनि योन्जनले एरेन्ज गरेको गीतलाई सनलाईट म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा श्रीकृष्ण आफै फिचर्ड छन भने उनी संगै कृष्ण भन्डारी लगायत अन्य कलाकारहरु पनि देखिएका छन् ।सुबाश लिम्बू मेन्यान्बोले छायांकन तथा सम्पादन  गरेको भिडियोलाई रोहित लाम्गादेले निर्देशन गरेका हुन् । भिडियोलाई लुइँटेलको आफ्नै ‘बोके दारी मिडिया अफिसियल’ नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ one = ten