सुम्निमा पारुहाङको मुन्दुमी व्याख्या विश्लेषण/ (राजेन खिम्बुले राई)

समाचार

तिनजुरे अनलाइन !

मूलघरे कान्छा (राजेन खिम्बुले राई)

 

 

 

 

 

#सुम्निमा_पारुहाङ स्केच/प्रतिमाको मुन्दुमी बर्णन
मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु सुम्निमा र पारुहाङ लाई श्रृष्टिकर्ताहरुको रुपमा व्याख्या वर्णन गरेको छ। मुन्दुमले सुम्निमा लाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङ लाई(निनाम्मा/आकाश)को रुपमा व्याख्या वर्णन गरेको छ। किरात राईहरुको भाषामा पारुहाङको शाब्दिक अर्थ = पा भनेको पिता,रु= रमारुङ भनेको सारा चराचर प्राणी जगत, हाङ भनेको राजा अर्थात पारुहाङको शाब्दिक अर्थ = यो चराचर प्राणी जगतको पिता,प्राणी जगतको सृष्टिकर्ता÷पिता÷राजा भन्ने अर्थ लाग्ने देखिन्छ। सुम्निमा शब्द सुम्दिमा बाट अप्रभंशित भएको हो भन्ने मान्यता रहेको छ ।सुम्दिमाको शाब्दिक अर्थ सुम÷सुम्मा = न्यानो दिने÷ओथारो बस्नु र दिमा=बोजु÷आदिम माता को रुपमा अर्थ लाग्दछ। सुम्दिमाको शाब्दिक अर्थ न्यानोपन दिने आदिम माता भन्ने अर्थ लाग्ने देखिन्छ।

#सुम्निमाको_मुन्दुमी वर्णन सहितको स्केचः-

 

 

 

 

 

(स्केचःडिबि याम्फु राई Db Yamphu Kirat)

यस तस्बिरमा मुन्दुमले वर्णन गरेझै सृष्टिकर्ता सुम्निमा लाई हेन्खामा (धर्ती) को रुपमा देखाऊनका लागी सुम्निमाको आधा शरीर लाई हेन्खामा (धर्ती) र आधा शरीर शरीर मानवरुपी पुर्खाको रुपमा देखाईएको छ।सुम्निमाको शिरमा मुन्दुमी फुल पहेलो आम्लाबुङ (सुनाखरी) फुल (सायाबुङ)को रुपमा रहेको छ।सुम्निमाको गलामा आदिम युगको किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचीन किराती गहना (माला) वाछुईनारी (पल्लिकमाला) लाई लाई पहिर्याईएको छ।सुम्निमाको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा बेच्छुक(अदुवा रहेको छ।सुम्निमाको कम्मरमुनीको शरीरको भाग मुन्दुमी वनस्पती काहुलोको पातले ढाकिएको छ।सुम्निमाको कम्मरदेखी मुनी आधा शरीर हेन्खामा (धर्ती)मा चोमोलुङ्मा ,साल्पा पोखरी र सिलिचुङ देखाईएको छ।त्यस्तै साल्पा सिलिचुङ क्षेत्रका विभिन्न हिमाल पहाडखोलानाला,वनजंङ्गल र प्राकृतिक रुपमा पाईने मुन्दुमी वनस्पती र साल्पा क्षेत्रमा प्राकृतिक रुपमा पाईने मुन्दुमी फुल फुलिरहेको र समग्रमा सुम्निमालाई मुन्दुममा वर्णित हेन्खामा (धर्ती) को रुपमा र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाईएको छ।

#पारुहाङको_मुन्दुमी वर्णन सहितको स्केचः-

यस तस्बिरमा मुन्दुमले वर्णन गरेझै सृष्टिकर्ता पारुहाङ लाई निनाम्मा(आकाश) को रुपमा देखाऊनका लागी पारुहाङको आधा शरीर लाई निनाम्मा आकाशको रुपमा देखाईएको छ। पारुहाङको शिरमा मयुंरको प्वांख,सेतो आम्लाबुङ(सुनापाती)को पातको दोलोकोम्मा (मुन्दुमी मुकुट) पहिर्याईएको छ। पारुहाङको गलामा आदिमयुगमा किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचिन किराती गहना(माला)वाछुईनारी(पुल्लिक माला) लाई पहिर्याईएको छ।पारुहाङको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा घुङरिङको (सिखिवा) रहेको छ।पारुहाङको कम्मरदेखी मुनिको शरीरको भाग मुन्दुमी वनस्पती कट्टुसको पातले ढाकिएको छ। पारुहाङको कम्मरमुनीको शरीरको भागलाई निनाम्मा (आकाशको तहहरु ) लाई पारु बसेको स्थानको रुपमा देखाईएको छ। सेची सेन्मी माङ्पाले चिन्ता बस्दा पारु खेल्दा सुप्तुलुङ देखी घुरेन सम्मको,घुरेन देखी आधा बाटो र मृतकको लामतुम ३ तुम लाई नजोडेर पारु बसेको स्थान पारु पुग्नको लागी सेचीसेन्मी माङ्पाहरुले ८ तहसम्मको रेप्कातुङ खेलेर पुगिने भएकोल थान देखीको पारु पुग्नको लागी ८ तहको पारु खेल्ने ८ तुम १) बक्सा छोङ २) चेत्चुरी छोङ ३) नाम्ची छोङ ४) कुयु छोङ ५) बिरावा छोङ ६) साम्सेङवा छोङ ७) सापा छोङ ८) सिङ्लु छोङ लाई ८ तलको आकाश निनाम्माको रुपमा देखाईएको छ। समग्रमा पारुहाङलाई मुन्दुममा वर्णित निनाम्मा (आकाश) र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाईएको छ।

लेखक :साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्दन केन्द्र अन्तराष्ट्रिय समिती
मूलघरे कान्छा (राजेन खिम्बुले राई)
भोजपुर चरम्बी रयाङ्ग
हाल बेलायत

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine × = ninety