अधिवक्ता पाण्डेलाई   कार्बाही गर्न माग गर्दै आदिवासी जनजाति महासंघ इजरायल तथा आबद्ध संस्थाको  प्रेस बिज्ञप्ति !

समाचार

काठमाडौं !
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई कानुन अनुसार कार्बाही गर्न माग गर्दै  आदिवासी जनजाति महासंघ इजरायल र आबद्ध संघ संस्थाले संयुक्त रुपमा प्रेस बिज्ञप्ति निकालेका छन !

प्राईम टाईम टेलिभिजनबाट प्रसारण हुने “चिया गफ” नामक टक शोमा अन्तर्वाता दिने क्रममा नेपाली आदीवासी जनजाति तामाङ र मगर समुदायलाई जोडेर दिएको अभिव्यक्ति प्रति चौतर्फी बिरोध भए सङै गत उनलाइ गर बुधबार  पक्राउ गरिएको  थियो !

जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको थियो
प्रमाण नष्ट गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न म्याद दिएन ।  दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा पक्राउ  गरिए सङै छोडीएको  थियो !

पाण्डेले मुस्लिम, मगर, तामाङलगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति  आदिवासी जनजाती इजरायल तथा आबद्ध संघ संस्थाले आपत्ति जनाउदै  पाण्डेलाई पक्राउ गरेर कानुन अनुसार कारबाही गर्नुपर्ने माग  घाइतेहरुको सम्बन्धित निकायले क्षतिपूर्ति बेहोर्नु पर्ने  समेत माग गर्दै आदिबासि जन जाती महासंघ इजरायलमा आबद्ध संस्थाले  बिज्ञप्ति निकालेका हुन !

यस्तो छ आदिबासि जन जाती महासंघ इजरायलमा आबद्ध संस्थाको प्रेस  बिज्ञप्ति
———————————————————————–
नेपाल एक बहु संस्कृतिक, बहुभाषिक, बहुजातिय, बहु धार्मिक भएको विद्यमान इतिहासलाई अध्यायन अनुसन्धान नगरी अधिवक्ता भगवती पाण्डेले प्राईम टाईम टेलिभिजनबाट प्रसारण हुने “चिया गफ” नामक टक शोमा अन्तर्वाता दिने क्रममा नेपाली आदीवासी जनजाति तामाङ र मगर समुदायलाई जोडेर दिएको अभिव्यक्ति प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोछ । मानिस अपराधतर्फ उन्मुख के कारण हुन्छन् ? भन्ने विषयमा उनले हाडनाता भित्र हुने बिवाहले अपराध बढाएको दावी गर्दै तामाङ र मगर समुदायमा दाजुबहिनी बिचमै विवाह हुने, त्यसरी विवाह गरेर जन्मिएको मानिसहरु अपराधमा संलग्न हुने गलत उदाहरण प्रस्तुत गरेकी अधिवक्ता पाण्डेले तामाङ, मगर तथा आदिवासी समुदायको भावना र संस्कृतिमै ठुलो चोट पुगेकोले नेपाल आदिवासी जनजाति महासंघ केन्द्र, नेपाल तामाङ घेदुङ केन्द्र, नेपाल मगर संघ केन्द्र र विभिन्न आदिवासी जनजाति संघ संस्थाहरुले जारि गरेको विरोध तथा कार्बाहीको माग विज्ञप्तीहरुमा नेपाल आदिवासी जनजाति महासंघ इजरायल ऐक्यवद्धता जनाउँदै घोर निन्दाका साथ अधिवक्ता पाण्डेलाई तुरुन्त कानुन बमोजिम सक्त कार्बाही गर्न माग गर्दछौं ।
कुनै पनि जाति समुदायको विषयमा सार्वजनिक माध्यमबाट आफ्नो अभिव्यक्ती दिंदा उक्त समुदायको इतिहास, संस्कार संस्कृति र तथ्यहरुलाई बंग्याएर गलत रुपमा प्रस्तुत गर्नु अपराध मात्र नभएर अपराध संगसंगै जातिय द्वन्द गर्न गराउन उक्साहट गरेको ठहरीने कुरा अधिवक्ता पाण्डे र पाण्डे जस्ता घृणीत सोंच भएका व्यक्तिहरुलाई ध्यानाकर्षण गराउन चाहान्छौं बोल्दा बिचार गरौं । साथै चिया गफ कार्यक्रम मार्फत दिएको गलत अभिव्यक्ती तत्काल सच्याई उक्त अभिव्यक्ती बाट आदिवासी समुदायको अस्मितामा पर्न गएको चोट प्रति सार्वजनिक रुपमा माफी माग्न अधिवक्ता पाण्डेलाई गरिएको अनुरोधलाई बेवास्ता गरेको हुँदा तामाङ समुदायले दिएको रिट, मुद्धा दर्ता भएर पनि पक्राउ नगरिएको हुँदा तुरुन्त पक्राउ गरि कानुन बमोजिम कावाही गरियोस भन्ने माग राख्दै वि.सं २०८०, साउन १७ गते जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ घेराउ कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरी दर्जनौं बढी आन्दोलनकारीहरुलाई पक्राउ गरी चरम यातना दिएको र लाठी चार्ज गरी घाइते बनाएको आन्दोलनकारीहरुको शिघ्र स्वस्थ्य लाभको कामना सहित नेपाल आदिवासी जनजाति महासंघ, इजरायल र महासंघमा आवद्ध सदस्य संस्थाहरु द्वारा संयुक्त रुपमा घाइतेहरुको सम्बन्धित निकायले क्षतिपूर्ति बेहोर्नु पर्ने माग राख्दै प्रहरी प्रशासनको यो रबैयाको घोर भर्त्सना गर्दछौं ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty eight ÷ four =