झापालि समाज इजरायल तथा लायन्स तेल अबिभ फुटबल क्लबको आयोजनामा इजरायलमा तीज महोत्सव २०८० को आयोजना नेपाल बाट राष्ट्रिय कलाकारहरु इजरायल आउदै !

इजरायल बिसेष देश विदेश

तिनजुरे अनलाइन !

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालीका तीजको अबसरमा इजरायलमा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा तीज महोत्सव २०८० आयोजना गरिएको छ !

नजिकीदै गरेको तीज कार्यक्रम झापालि समाज इजरायल तथा लायन्स तेल अभिब फुटबल क्लबको आयोजनामा आउदो सेप्टेम्बर २२ तारिख शुक्रबार राष्ट्रिय कलाकार गायिका शान्ति श्री परियार, गायक प्रकाश दास, गायिका तृष्णा गुरुङ,साथै स्थानिय झापालि गायक पारस तामाङको बेजोड प्रस्तुतिका साथ भब्य सांगेतिक कार्यक्रम तय भएको झापालि समाज इजरायलका अध्यक्ष दुर्गा प्रसाद चापागाईले जानकारी दीएका छन !

तेल अभिबको हागना १३५ मा सम्पन्न हुने कार्यक्रममा गत वर्ष झै यस वर्ष पनि इजरायलमा कार्यरत महिला दिदि बहिनी हरुलाई जमघट गरेर नाचगान गर्दै कलाकार हरु सङै नाच्दै रमाउने साथै दरखाने कार्यक्रम समेत रहेको बताईएको छ !

उक्त दिन साझ तेल अभिबको लेबनिस्की पार्क देखी कार्यक्रम हल सम्म जान यातायातको समेत ब्यबस्था रहेको आयोजकले जानकारी दीएका छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− four = two