वलिहाङ कप फुटबल प्रतीयोगिता  सातौं  संस्करणको सम्पुर्ण तयारी पुरा  विजेताले  ८ हजार सेकल नगद पाउने  !

खेलकुद

तिनजुरे अनलाइन  |

एकता र मित्रताका लागी फूटबल भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा हरेक बर्ष आयोजना हुने वलिहाङ कपको सातौं  संस्करण वलिहाङ कप – ५०८३ को सम्पुर्ण तयारी पुरा भएको बताईको छ ।

आउदो अक्टुवर १३ तारिख खुलोन ग्रास ग्राउन्डमा  हुने उक्त   प्रतियोगितामा इजरायलमा रहेका ८ वटा फुटवल टिमहरुले सहभागिता जनाउने भएका छन् । जसमा आयोजक के वाई सि फुटबल क्लब ए र बि ,    राइजिंग स्टार,   युनाइटेड दार्जीलिंङ, युनाइटेड ब्रदर  फूटबल क्लब, झापा फुटबल क्लब , हाइफा सेभेन स्टार, लायन्स तेल अभिब ,  छन् ।

आयोजक टिमका सह  टिम मेनेजर आश कुमार लावतिका  अनुशार यस पटकको विजेताले आठ हजार   सेकेल र उपविजेताले चार हजार  सेकल नगद पाउनुको साथै ट्रफी, मेडल लगायत बेस्ट किप्पर, बेस्ट डिफेन्स बेस्ट प्लयेर, सर्वाधिक गोल स्कोर सबैलाई नगद ५०० सेकल ट्र्फी र सबै खेलमा म्यान अफ द म्याच को पुरस्कार रहेको बताएका छन् ।

कुन टिम को को सङ खेल्दै यस्तो छ तालिका

  1.                
Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × one =