इजरायलमा  मारिएका १० नेपाली सहित सबैको  सम्झनामा आदिवासी जनजाती महासंघ इजरायलद्वारा   दीप प्रज्ज्वलनको आयोजना   !

समाचार

तेल अविव – गत नोभेम्बर ७ मा प्यालेस्टाइन अतिवादी समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको सहित सबैको सम्झनामा आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा  दीप प्रज्ज्वलन गर्ने कार्यक्रम राखिएको  छ !

आदिवासी जनजाती महासंघ इजरायल गत अक्टोबर ७ तारिखका दिन हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको आत्माको चिरशान्तिको कामना गर्दै १७ नोवेम्वर बेलुका ७ बजे लेभनिन्स्कि पार्कमा श्रदान्जलि   सभाको आयोजना गरेको हो ।

उक्त  शोक सभा तथा दीप प्रज्ज्वलन कार्यक्रममा इजरायलमा रहेका विभिन्न संघ संस्थाका महानुभाब  साथै इजरायलमा  कार्यरत सबै नेपालीलाई  सहभागिताका लागी अनुरोध समेत  गरिएको छ !

इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका १० नेपाली विद्यार्थी हमासको आक्रमणमा मारिएका थिए।

मारिने नेपालीहरूमा धनुषाका आनन्द साह, कैलालीका नारायण प्रसाद न्यौपाने, दार्चुलाका लोकेन्द्र सिंह धामी, सुनसरीका राजेश कुमार स्वर्णकार, बझाङका गणेश कुमार नेपाली, दार्चुलाका दिपेश राज विष्ट, डोटीका राजन फुलरा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र कैलालीका आशिष चौधरी रहेका छन्।

आक्रमणमा घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना नेपाल पुगिसकेका छन् र एक जना इजरायलको नेपाली दूतावासको हेरचाहमा रहेका छन् ।

बेपता भएका बिपिन जोशीको सम्बन्धमा पनि राजदूतावासले खोजीका लागी आफ्नो सक्दो पहल गरिरहेको छ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 6 =