नेपाल मगर संघ शाखा इजरायलले माघ्या सकराटी संगीतिक कार्यक्रम मनाउने

इजरायल बिसेष

तिनजुरे अनलाइन /
नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा आगामी जनवरी १२ तारिख २०२४ शुक्रबारको दिन ‘माघ्या सकराटी संगीतिक साँझ २०८०’ सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

मगर समुदायको प्रमुख चाड माघ्या सकराटी (मिनाम ल्हेस ५०१७)को अबसरमा उक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

मातालोन ७५ तेल अभिबमा साझ ७ बजे देखी हुने उक्त कार्यक्रममा स्थानिय नेपाली कलाकारहरुको बिभिन्न प्रस्तुतिहरुसहित स्वादिष्ट मगर परिकारहरुको पनि ब्यबस्था गरिएको छ ।

भेषभुषा ,भाषा ,धर्म ,संस्कृतिको संरक्षण एवं बिश्व भरिका मगरहरुको एकता अहिलेको आबस्यकता भन्ने मुल नाराका साथ इ स २०१३ मा स्थापना भएको अध्यक्ष सुर्य रानाले बताएका छन !

उक्त कार्यक्रममा इजरायल बस्दै आइरहनुभएका सम्पूर्णलाई उपस्थितीको लागि आयोजक संस्थाले अनुरोध गरेको छ ।

यस्तो छ सुचना जस्ताको त्यस्तै :

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !

झोर्ले तथा नमस्कार 🙏

कर्मभुमी दुखिरहेको छ ,युद्धमा फसिरहेको छ यधपी हामिहरुको आफ्नै मुख्य पर्व पनि मनाउनु पर्ने परिस्थितिका कारण अहिलेको इजरायलको अवस्थालाई मध्यनजर गर्दै नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा यहीँ आउँदो मिती १२ जनवरी २०२४ शुक्रबार साँझ भेषभुषा, भाषा,लिपि,धर्म ,संस्कार,संस्कृतीको संरक्षण एवंम बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मुल नाराका साथ राष्ट्रिय तथा मगरहरुको प्रमुख चाड माघ्या सकराटी {मिनाम ल्हेस ५०१७}को अबसरपारी – “माघ्या सकराटी साँस्कृतिक साँझ २०८० कार्यक्रम स्थानिय कलाकारहरुको बिभिन्न प्रस्तुतिहरु सहित मगर परिकारहरुको स्वाद संगै निम्न मिति ,स्थान र समयमा मनाउन गईरहेको हुँदा इजरायलमा स्थापित सम्पुर्ण संघ ,संस्था ,मिडियाकर्मी साथिहरु लगायत इजरायलमा कार्यरत सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।जिलौ !

मिती :१२ जनवरी २०२४ शुक्रबार
स्थान : Matalon st 75 ,Tel Aviv-Yafo
समय :साँझ ७:०० बजे बाट

आयोजक:
नेपाल मगर संघ शाखा इजरायल

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine ÷ = one