छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई!

समाचार

तिनजुरे अनलाइन !

२०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई प्रदान गरिएको छ । समीर गजल संग्रहका गजलकार प्रकृति प्रेमीलाई आज एक कार्यक्रमका बिच साहित्यकार जे.सागरका पिता चेतनाथ पराजुलीले नगद पुरस्कार दश हजार र प्रशंसा प्रत्र प्रदान गर्नुभएको हो ।
साहित्यकार जे.सागरले आफ्ना मातापिताको नाममा ३ वर्षअघि स्थापना गर्नुभएको यो पुरस्कार हरेक वर्ष प्रकाशित गजल संग्रहहरुमध्ये उत्कृष्ट एउटा संग्रहलाई प्रदान गर्ने गरिएको छ । यो पुरस्कार यो वर्ष प्रकृति प्रेमीलाई प्रदान गरिएको हो । गजलकार प्रकृति प्रेमी अहिले चितवनमा रहनुभएकाले उहाँको प्रतिनिधित्व गरी अर्का गजलकार विपिन स्वाँरले काठमाडौंमा पुरस्कार ग्रहण गर्नुभएको हो ।
हरेक वर्ष भदौ १० गते प्रदान गरिंदै आएको यो पुरस्कार यो वर्ष कोरोनाका कारण ढिलागरी दिइएको पुरस्कार संयोजक अच्युत घिमिरेले बताउनुभयो । यत्ति भए पुग्छ गजल संग्रहका गजलकार जे.सागरले आफ्ना मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीका नाममा स्थापित गर्नुभएको यो पुरस्कार २०७४ सालमा सम्पादक आवाज शर्मा र २०७५ सालमा गजलकार टक गुरुंगलाई प्रदान गरिएको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty two ÷ six =