इजरायलमा शान्तिको कामना गर्दै सवा लाख बाति बालिने, नेपाल बाट अठार पुराण प्रबक्ता गुरु कुबेर सुबेदि भजन प्रबचन दिन इजरायल आउदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

सत्य श्री साई सेन्टर इजरायलको आयोजनामा आउदो फेब्रुअरी २४ तारीख सनिवार अन्त्यराष्ट्रिय कथा ब्यास अठार पुरान प्रबक्ता गुरु कुबेर सुबेदि भजन प्रबचन दीन इजरायल आउने भएका छन !

श्री स्वस्थानि ब्रत साङ्गेको अबसर पारी हर्चीयोन ३७ तेल अभिबमा इजरायलमा शान्तिको कामना गर्दै सवा लाख बाति बालिने आयोजक संस्थाकी अध्यक्ष नेहा मन्जु गुरुङले जानकारी दीएकी छन !

पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्रीस्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचनलाई साङ्गेको दिन विधिवत समापन गरिन्छ र श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ !

उक्त कार्यक्रममा उपस्थित भई प्रसाद ग्रहण गर्नका लागी इजरायलमा स्थापित सामाजिक,धार्मिक ,राजनैतिक ,जातीय संघ संस्था मिडिया कर्मी लगायत सम्पुर्ण नेपालीहरुमा आयोजक संस्थाले जानकारी सहित अनुरोध गरेको छ !
कुनै जानकारी चाहिए अध्यक्ष नेहा मन्जु गुरुङलाई ०५३-७४५१७८६ मा सम्पर्क गर्न सकिने बताइएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty five ÷ five =