नेपाल तामाङ घेदुङ इजरायलले सोनाम ल्होछार साँस्कृतिक साँझ मनायो

समाचार

तिनजुरे अनलाइन !

नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा तेल अभिबको याद खरुचिम१५ इभ हलमा ल्होछार साँस्कृतिक साँझ भव्यताका साथ सम्पन्न भएको छ ।

गत १६ फेब्रुअरी शुक्रबार भएको कार्यक्रममा
नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष रोजी मोक्तान तामाङको सभापतित्व रहेको थियो त्यस्तै प्रमुख अतिथिका रुपमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष कुमार आङदेम्बे लिम्बु रहेका थिए त्यस्तै विशिष्ट अतिथिमा संरक्षक परिषद्का तथा संघीय सदस्य सुन्दरसिंह योन्जन तामाङ, विशेष अतिथि लामा धर्मगुरु दावा ह्योल्मो, तामाङ घेदुङ इजरायलका पूर्वअध्यक्ष एवं संरक्षक परिषद् सदस्य पेमा लामा पाख्रिन तामाङ, संस्थाको प्रमुख सल्लाहकार शंखर गोले तामाङ रहेका थिए ।

संस्थाका महासचिव सुनिल रुम्बा तामाङ र उपमहासचिव सम्झना ब्लोन तामाङले संचालन गरेको उक्त कार्यक्रममा   विभिन्न राजनीतिक संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरु, नेफिन इजरायलका संरक्षक परिषद् सदस्यहरु, राष्ट्रिय समुदाय संस्थाको अध्यक्ष एवं प्रतिनिधिहरु, इजरायलमा सक्रिय विभिन्न सामाजिक, धार्मिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र मिडियाकर्मीहरुको उपस्थिति थियो!

उक्त कार्यक्रमका प्रमुख अतिथि नेफिन इजरायलका अध्यक्ष कुमार आङदेम्बे (अबि)ले पू्र्खाहरुले मनाउदै आएको चाड पर्व लाई अहिलेका पीडिले समेत निरन्तता दिदै सवै चाड पर्व संस्कार संस्कृतिको जगेर्ना गर्नु पर्ने नेपाल तामाङ घेदुङ इजरायलले परदेशमा समेत इ.स.२०१० मा स्थापना भई निरन्तरता दिदै आएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तरता दिन सुभकामना व्यक्त गरेका थिए !

कार्यक्रममा संरक्षक परिषदका सद्स्य तथा संघीय सदस्य सुन्दर सिंह योन्जन तामाङले मन्तव्यका क्रममा तामाङ समुदायको हकहित अधिकार र ताम्सालिङ प्राप्तिको लागि अब एकजुट भइ अगाडि बढ्न आबस्यकता रहेको बताएका थिए !

कार्यक्रमलाई साङ्गितिक मनोरञ्जन दिलाउन स्थानिय कलाकार ले भब्य साङ्गितिक प्रस्तुती दीएका थिए त्यस्तै
तामाङ मौलिक स्याब्रु गीत र नृत्यको साथै मौलिक तामाङ मेन्दोमाया गीतमा पनि नृत्य प्रस्तुत गरिएको थियो !

संस्थाको पूर्वअध्यक्ष एवं संरक्षक परिषदका सदस्य पेमा लामा पाख्रिन तामाङले संस्थामा स्थापनाकालदेखि आबद्व भएर आर्थिक, भौतिक, नैतिक रुपमा दिएकोमा उहाको योगदानको उच्च मूल्यांकन कदर गर्दै सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष रोजि मोक्तान तामाङ निबर्तमान अध्यक्ष पेमा लामा पाखृन लगायत विभिन्न संस्थाका अध्यक्ष तथा प्रतीनिधिले सुभकामना मन्तव्य राखेका थिए भने बरिस्ठ उपाध्यक्ष मदन नेगि तामाङले ल्होछार के हो भन्ने बारे प्रष्ट पारेका थिए !

सोही कार्यक्रम मार्फत कार्यक्रम सफल बनाउन खेलेको भुमिको कदर गर्दै स्थानिय कलाकार लगायत मिडिया कर्मीलाई कदर पत्र द्वारा सम्मान गरिएको थियो !

नेपाल तामाङ घेदुङ इजरायल तामाङधर्म,भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनको’ गर्ने उदेश्यले इ स २०१० मा इजरायलमा स्थापना भएको महासचिव सुनिल रुम्बा तामाङले जानकारी दीएका छन !

सोनाम  ल्होछार बारे प्रस्ट पार्दै आयोजक संस्थाका बरिस्ठ उपाध्यक्ष मदन नेगि तामाङ !( भीडीयो)

https://youtu.be/chyPptS8NI0?si=w8sKeVrKEK4ygoch

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ one = five