इजरायलमा श्रीस्वस्थानी व्रत कथाको समापन ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न, सवा लाख बाति बालियो !

इजरायल बिसेष

देव बास्कोटा इजरायल!
श्री सत्य साई सेन्टर इजरायलको आयोजनामा गत शुक्रबार तेल अभिबको हर्चीयोन ३५ मा प्रसिद्ध नेपाल बाट आमन्त्रित अन्तराष्ट्रिय १८ पुराणवाचक पण्डित कुवेर सुबेदीका साथमा भजन प्रवचन साथै स्वस्थानि साङ्गे कार्यक्रम सम्पन्न भएको छ

इजरायलमा युद्धले गर्दा भएको अशान्तिलाई छिटै स्थायी शान्तिमा परिणत होस् र भक्तजनहरुको कल्याणको लागि शान्तिको कामनासहित पूजा लक्ष्यवर्ती भजन प्रवचनसहित श्रीस्वस्थानी व्रत कथा वाचन सम्पन्न भएको हो ।

श्री सत्य साई सेन्टर तेलअभिबकी अध्यक्ष नेहा मन्जु गुरुङको सम्योजन तथा प्रमुख अतिथि इजरायलका लागी नेपाली राजदुत कान्ता रिजालको प्रमुख आतिथ्यतारहेको कार्यक्रममा प्रमुख अतिथिद्वारा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घघाटन गरिएको हो !

कार्यक्रममा श्रीस्वस्थानी माताको एक महिना व्रत बस्नु भएकी बर्तालु सुजाता गौतम, साथै विभिन्न उदेश्यले इजरायलमा स्थापना भएका संघ संस्थाका प्रतिनिधि लगायत मिडियाकर्मीको उपस्थिति रहेको उक्त कार्यक्रम श्रीस्वस्थानी साङ्गे सङै सवालाख लाख बाती बालिएको थियो !

उक्त धार्मिक कार्यक्रममा भक्तजनहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो । सत्य साई सेन्टर इजरायलले हरेक पटक बिभिन्न धार्मिक कार्यक्रमहरु साथै सामाजिक कार्य समेत गर्दै आइरहेको छ!

अध्यक्ष गुरुङले कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण ब्यक्ति संघ संस्था मिडियाकर्मी लगायतलाइ स धन्यवाद व्यक्त गरेकी थिईन !

पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्रीस्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचनलाई साङ्गेको दिन विधिवत समापन गरिन्छ र श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ ।

 

 

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight ÷ = four