शेर्पा संघ इजरायलले ग्याल्पो लोसार सास्कृतीक साझ मनाउने !

इजरायल बिसेष

तिनजुरे अनलाईन !
शेर्पा संघ इजरायलले बौद्वधर्मलम्बिहरुको महान राष्ट्रिय पर्व तथा नयाँ बर्ष ग्याल्पो लोसार २१५१ औ सिङ फो ढुक लो को अवसरमा शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ !

आउदो मार्च १५ तारिक शुक्रबारको तेल अभिबको इभ हलमा साझ ७ बजे उक्त कार्यक्रम गरिने बताईएको छ !

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्पो ल्होछार  (नयाँ वर्ष) विभिन्न कार्यक्रम आयोजना गरी मनाउँने गर्दछन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् ।

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ ।

कार्यक्रम सफल बनाउन इजरायलमा कृयाशील विभिन्न धार्मिक ,सामाजिक ,राजनितिक संघ ,संस्थाका संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु , मिडियाकर्मि लगायत सम्पुर्ण इजरायलवासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरूमा कार्यक्रममा उपस्थितीको लागी अनुरोध साथै निमन्त्रणा गरिएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ seventy eight = eighty one