प्रवासी सृजनशिल महिला समूह इजरायलको आठौं वार्षिकोत्सब मनाउदै !

इजरायल बिसेष

तेल अविव – प्रवासी सृजनशिल महिला समूह इजरायलले यहि मार्च २३ तारिख आठौं वार्षिकोत्सब मनाउने भएको छ ।

जुम् भर्चुअल मार्फत सम्पन्न हुन लागेको कार्यक्रममा
इजरायलको लागि नेपाली राजदुत कान्ता रिजालकाे प्रमुख आतिथ्यमा तथा गायिका देविका बन्दना त्यस्तै गायक रबी हादा त्यस्तै  गायक कपिल कश्पालले आ-आफ्नो प्रस्तुति दिदै सांस्कृतिक मनाेरञ्जन प्रदान गर्ने आयोजक संस्थाले बताएको छ।

कार्यक्रम सफल बनाउन इजरायलमा स्थापित विभिन्न धार्मिक ,समाजिक राजनीतिक र जातिय संघ संस्थाहरू, मिडियाकर्मीहरू, लगायत इजरायलमा कार्यरत नेपालीहरु तथा नेपाली भाषीहरुलाई उपस्थिति भई सांस्कृतिक मनाेरञ्जन लिनलाई अनुरोध गरेको छ ।

प्रवासी सृजनशिल महिला समूह इजरायल महिला स्वावलम्वन तथा सामाजिक काम गर्ने उदेश्यले २०७३सालमा इजरायलमा स्थापना भई विभिन्न सामाजिक काम गर्दै आएको छ !

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty six ÷ 9 =