नयाँ बर्ष २०८१ मा इजरायलमा भब्य साङ्गितिक कार्यक्रम हुदै राष्ट्रिय कलाकार एलिना चौहान श्याम राना लगायतका कलाकार इजरायल आउदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

तेल अविब – नेपाली नयाँ बर्ष २०८१ को अवसरमा नेपाल मगर संघ इजरायलले आउदो अप्रिल १२ तारिखमा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ !

नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु एलिना चौहान, गगन पुन, र श्याम राना मगर साङ्गितिक प्रस्तुति दिन इजरायल आउने भएका छन् !

इजरायलबासी नेपालीहरुलाई मनोरञ्जन दिदै नयाँ बर्ष २०८१ लाई स्वागत गर्ने तयारी गरिरहेको नेपाल मगर संघ इजरायलले जनाएको छ।

हागाना १३५ मा साझ ८ .०० बजे देखी सुरु भई २.०० बजे सम्म निरन्तर स्थानिय कलाकार समेतको साङ्गितिक प्रस्तुती रहने कार्यक्रम मनोरञ्जनसाथै अक्षयकोष अभिवृद्धिका लागी ”नया बर्ष २०८१ सांगीतिक साँझ” आयोजना गरिएको अध्यक्ष सूर्य बहादुर राना मगरले जानकारी दिएका छन् ।

इजरायलमा कार्यरत सबै  नेपाली  र नेपाली भाषी सबैलाई कार्यक्रममा उपस्थिति भइदिन आयोजकले अनुरोध गरेको छ।

नेपाल मगर संघ शाखा इजरायल आफ्नो भासा कला संस्कृति जगेर्ना गर्ने उदेश्यले इ.स. २०१३ मा स्थापना भई स्थापना काल देखि नै सामाजिक साथै विभिन्न सास्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ eighty = 90