एनआरएनए एनसीसी  इजरायलद्वारा     ११४ औं अन्तरास्ट्रिय नारी  दिवस मनाउदै !

इजरायल बिसेष समाचार

तिनजुरे अनलाइन !
एनआरएनए एनसीसी  इजरायल द्वारा     ११४ औं अन्तरास्ट्रिय नारी  दिवस २०८० को उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ !

  कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुताबास इजरायलका महामहिम राजददुत कान्ता रिजालको प्रमुख आतिथ्यतामा जुम अनलाइन एप्स मार्फत कार्यक्रम मनाउने तय भएको बताईएको छ !

अन्तरास्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा विशिष्ट अतिथि  समाजसेवी ,(SSDRC)साहसी महिला पुरस्कार २०२३ प्राप्त गर्नुभएकी सबिता उप्रेती, विशिष्ट अतिथि  सामाजिक अभियन्ता तथा गायिका देबिका के सि त्यस्तै विशेष अतीथि  लोकदोहोरी गायिका सुस्मा शाही ठकुरी  समेत सहभागी हुने एन आर एन ए इजरायल महिला संयोजक निर्मला बुढाथोकीले  जानकारी दीएकी   छन  !

आउदो ७ मार्च इजरायलको समय दिउसो ३बजे जुम आइडी ७२७०२३२०८०मार्फत सहभागी जनाउन सकिने छ एनआरएनए एनसीसी  इजरायल महिला बिभागले विभिन्न समय अबस्था हेरि हरेक कार्यक्रम गर्दै आएको छ !

  इजरायलमा रहनु भएका बिभिन्न सक्रिय संघसस्थाहरु , नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, विद्यार्थी ,बुद्धिजीवी तथा पत्रकार लगायत सम्पुर्णमा कार्यक्रममा सहभागी हुन आयोजक संस्थाले   आमन्त्रण गरेको छ  |

(विशेषता )
नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभरी मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।  यो अहिले मार्च महिना भरी नै मनाइन्छ

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

62 − fifty five =