काठमान्डौ – इजरायलबाट नेपाल फर्किएका नेपाली खेलप्रेमीहरुको एक समूहले युरोपमा प्रख्यात रहेको नामक नयाँ खेलकुद संस्था गठन गरेका छन् ।
हिजो २०८१ माघ ५ गतेका दिन गोकर्णेस्वर वडा न: ९ मा आयोजित एक कार्यक्रम बीच राष्टिय सभाकि सांसद तथा इजरायलको लागि पूर्व नेपाली राजदूत डाक्टर अन्जान शाक्यले रिवन काटी ‘क्याच एन सर्भ बल’ खेल शुरुको शुरुवात गरेकी छिन् ।
कादम्बरी दाना श्रेष्ठ संयोजक रहेको ‘क्याच एन सर्भ बल’को संरक्षकमा राष्टिय सभाकि सांसद तथा इजरायलको लागि पूर्व नेपाली राजदूत डाक्टर अन्जान शाक्य रहेकी छिन् ।
उक्त सौहार्दपुर्ण खेलको कोचमा बिष्णु कार्की र रेफ्रीमा पेम्बा डोल्मा ह्योल्मो रहेका थिए । एक खेल उटघाटन कार्यक्रममा नेपाली राजदूतावासका पूर्वउपनियोग प्रमुख अर्जुन घिमिरेको पनि उपस्थिति रहेको थियो ।
इजरायलमा रहदाखेरि मामानेट (Mamanet) खेलकुदमा सक्रिय रहेका नेपाली महिलाहरुको खेल समूह ‘युनाइटेड नेपाल’मा आबद्ध नेपाली खेलाडीहरुले नेपाल फर्किएपछि पनि सक्रियताको साथ लाग्ने उद्देश्यले ‘क्याच एन सर्भ बल’ गठन गरेका हुन् ।
इजरायलको मामानेटमा ‘युनाइटेड नेपाल’ टिमलाई दर्ता गराउन त्यो बेला सन् २०१९/०२० मा तत्कालिन नेपाली राजदूत अन्जान शाक्य, तत्कालिन उपनियोग प्रमुख अर्जुन घिमिरे र सहचारी प्रदिपसागर गिरिले बिशेष पहल गरेका थिए ।
दर्तापछि ‘युनाइटेड नेपाल’ले नेपाल र ईजरायल बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वर्षगाँठको अवसर पारेर नेपाली राजदूतावास इजरायलले, ईजरायली संस्था मामानेट (Mamanet) सँगको सहकार्य मिति २०७८ जेठ १५ ( 2020, अक्टोबर) मा नेपाली र ईजरायली टिम बीच मैत्रीपूर्ण मामानेट ( Mamanet – Cachibol/Catchball) प्रतियोगिताको आयोजना गरेको थियो ।
उक्त प्रतियोगीतामा ३ नेपाली टिम र ३ ईजरायली टिम गरी जम्मा ६ टिम सहभागी थिए। छोटो समयको अभ्यासका बाबजुद ३ वटै नेपाली टिमबाट सन्तोषजनक खेल प्रदर्शन भएको थियो ।
युनाइटेड नेपाल टिममा केहि थपघट गरेर एउटा संयुक्त टिम बनाएर त्यो बेला इजरायलबाटै नेपालको प्रतिनिध्व गर्दै युनाइटेड नेपालकि कोच आन दान्बर्ग, क्याप्टेन बिष्णु कार्कीसहित खेलाडीहरु सुमि थापा र लमु सेर्पाकोले इटाली, स्पेन, अष्ट्रियामा एवार्ड दुईवटा एवार्ड जितेका थिए जुन नेपाली राजदूतावास तेलअविवमा राखिएको छ ।
यसरी तिन बर्षसम्म इजरायलको मामानेट (mamanet) संस्थामा आबद्ध भई मामानेट खेल खेल्दै २०२४ देखि युरोपसंग ‘क्याच एन सर्भ बल'(catch`n serve Ball) मा दर्ता भएर २ बर्षदेखि युनाइटेड नेपालले पनि ‘क्याच एन सर्भ बल’खेल्दै आइरहेको छ ।
युरोपको धेरै देशमा गएर खेल्न सकिने ‘क्याच एन सर्भ बल'(catch`n serve Ball)को माध्यमबाट नेपाललाई चिनाउने उद्देश्यले उक्त खेल संस्था दर्ता गरिएको संयोजक श्रेष्ठले बताएकी छिन् ।
प्रमुख संरक्षक सांसद डा. शाक्यले नवगठित संस्थालाई आफ्नो तर्फबाट १ नेट, २ वटा बल र १ हेन्ड पम्प उपहार स्वरूप प्रदान गरेकी छिन् ।
संस्थाको गठनमा महत्वपूर्ण सहयोग र सल्लाह प्रदान गर्ने मामानेटका कोच इजरायली नागरिक आन दान्बर्ग र अर्जुन घिमिरेलाई सल्लाहकार रहेछन् ।