नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा  सोनाम ल्होछार सांस्कृतिक साँझ  सम्पन्न !!

इजरायल बिसेष

तिनजुरे अनलाइन !

नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा  सोनाम ल्होछार सांस्कृतिक साँझ  सम्पन्न भएको छ !

बौद्व धर्मवालम्विहरुले मंजुश्री संवत २८६१, डुल ल्हो, सा पुख्रि ल्हो (सर्प वर्ग) लाई एक विशेष राष्ट्रिय पर्वको साथै मौलिक, ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा मनाउने गर्दछन् । यसै अवसरमा नेपाल तामाङ घेदुङ, इजरायलले मंजुश्री संवत २८६१, डुल ल्हो, सा पुख्रि ल्हो (सर्प वर्ग) कोे पावन अवसरमा सोनाम ल्होछार सांस्कृतिक साँझ — २०२५ भव्य रुपमा मनाएको हो  ।

गत फेब्रुअरी १४ तारीख शुक्रबार  याद्खारुचिम १५ तेलअभिवमा बौद्ध धर्म विधिद्धारा पुजापाठ, शुभकामना आदान — प्रदान सहित विविध सांस्कृतिक कार्यक्रम गरि मनाएको हो ।

नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष मदन कुमार तामाङ नेगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली दुतावास इजरायलका महामहिम राजदुत प्रा.धन प्रसाद पण्डित प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल आदिवासि जनजाति महासंघ इजरायलकी अध्यक्ष मुनु श्रेष्ठ र नेपाल तामाङ घेदुङ इजरायलका संरक्षक परिषदका सदस्य तथा संघीय परिषदका केन्द्रिय सदस्य सुन्दर सिंह योञ्जन तामाङको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशेष गरि तामाङ गायक तथा कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा तामाङ समुदायको प्रचलित र महत्वपूर्ण नाच म्हेन्दोमाया र तामाङ सेलोमा सहभागीहरु रमेका थिए ।

तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि, संस्कार र संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागि एक जुट होऔं’’ भन्ने मुल नाराको साथ सोनाम ल्होछार सांस्कृतिक साँझ — २०२५ मनाएको हो ।

कार्यक्रममा इजरायलमा क्रियाशिल विभिन्न राजनीतिक, सामाजिक, धार्मिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी लगायत इजरायलमा रहेका नेपाली र नेपाली भाषीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसका साथै कार्यक्रमको अबसरमा नेपाल तामाङ घेदुङ इजरायलले संस्थालाइ यस स्थान सम्म ल्याउनको लागि निरन्तर रुपमा गरेको योगदान र सहयोगको उच्च कदर गर्दै संस्थाका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक परिषदका सदस्यहरु शंकर गोले तामाङ र नानीमाया योञ्जन तामाङलाइ दोसल्ला सहित सम्मान पत्रद्धारा सम्मान गरेको थियो ।

नेपाल तामाङ घेदुङ इजरायलले नेपालको कुनै पनि स्थानमा बसोबास गर्ने तामाङ समुदायका गरिब तथा जेहेन्दार बालबालिकाहरु शिक्षाबाट वञ्चित हुन नपरोस भनि स्थापित तामाङ शैक्षिक कोष स्थापना गरेको छ । कार्यक्रमको अबसरमा सो राहत कोष वृद्धिको लागि आर्थिक सहयोग गर्नुहुने नेफिन इजरायलका अध्यक्ष मनु श्रेष्ठ र बिमला श्रेष्ठ, तमू समाज इजरायलका सह–सचिव खोप्स तमू, सदस्य प्रेम तमूलाइ कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

इजरायललाइ आफ्नो कर्मभूमी बनाई विभिन्न पेशामा रहेका तामाङ समुदायले तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म, भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाइ संरक्षण एवं सम्वद्र्धन गर्ने उदेश्यले सन् २०१० मा  स्थापना गरेका हुन  ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× two = 4