इजरायलमा हरितालिका तीज उत्सव २०७५ मनाइदै, मुनाफा क्रिकेट स्टेडियम निर्माणलाइ सहयोग गरिने |

इजरायल बिसेष

इजरायल ,

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसिसी इजरायलको मुल आयोजना तथा इजरायलमा रहेका खेल प्रेमी युवाहरुको समुह र विभिन्न दर्जन संघ संस्थाहरुको संयुक्त आयोजनामा यहि १४ सेप्टेम्वर शुक्रवार विशेष दर भोजको साथमा सम्पन्न हुने कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ |

ध्रुमुस सुन्तली फाउन्डेसनद्वारा निर्माण योजनामा रहेको क्रिकेट स्टेडियम निर्माण सहयोगार्थमा सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् ।पछिल्लो समयमा चर्चामा रहेकी गायिका उमा श्रेष्ठ, लोक गायक रामजी खाँड, भर्सटाइल गायिका माण्डवी त्रिपाठीको साथमा इजरायलरमा रहेका नेपाली कलाकारहरुको समेत बेजोड मनोरञ्जनात्मक प्रस्तुतीका साथ कार्यक्रम मनाइने  एनआरएनए इजरायलका महासचिब तेन्जिङ शेर्पाले जानकारी दिएका छन्।

सधै लाग्ने आरोपलाई अन्त्य गर्न आयोजक समितिले आशन ग्रहण, भाषण लगाएत औपचारिक कार्यक्रमहरुलाई नगरी कार्यक्रम सिधै अनौपचारिक सांगितिक माहोलमा प्रवेश गर्ने प्रतिवद्ध्ता जाहेर गरेका छन् ।स्टेडियम निर्माण सहयोगार्थ रुपमा मनाउन लागिएको सो कार्यक्रममा सहभागी भइ भरपुर मनोरञ्जन लिदै राष्ट्र निर्माणको महाअभियानमा सहभागिता जनाउन आयोजकहरुले सम्पूर्णमा अनुरोध गरेका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × six =