काँग्रेसबाट को-को छन् मन्त्रीको लाइनमा ? कोइराला परिवारको साथ कसलाई

राजनीति

काठमाडौं । नेपाली काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मन्त्री छान्नै सकस परेको छ । सहमती अनुसार पौडेल समूहले २ मन्त्री पाउने हुँदा मन्त्रीका आकांक्षी धेरै भएकाले सकस परेको हो ।

वरिष्ठ नेता पौडेलले तेजुलाल चौधरी या दिलेन्द्रप्रसाद बडुलाई बनाउने मोडमा रहेका थिए । उनले चौधरीको पक्षमा अडान लिएका छन् । महामन्त्री डा. सशांक कोइरालाले कोइराला परिवारभित्र सुजाताको पक्षमा बलियो अडान लिने सहमति बनेको छ । काँग्रेसका तर्फबाट महिला मन्त्री नभएकाले सुजाताको सम्भावना बलियो देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि सुजातालाई मन्त्री बनाउन सहमत भएको बुझिएको छ । उनले मन्त्री मात्र बनेर लचकता देखाउने भएकी छिन् । तर, वरियतामा सुजाता देउवापछि रहने बुझिएको छ । कोइराला परिवार डा. रिजाललाई पनि मन्त्री बनाउनुपर्ने जोडबल चलिरहेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह राजन केसीलाई कुनै हालतमा मन्त्री बनाउन लागेका छन् । यसकारण पनि पौडेल दबाबमा परेका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उमाकान्त चौधरी या भीमसेनदास प्रधानमध्येबाट मन्त्री बन्ने निश्चितप्रायः छ । काँग्रेसको देउवा पक्षबाट ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् ।

यता नेपाली काँग्रेस काठमाडौंबाट निर्वाचित सांसद केसी र प्रधान मन्त्री बन्ने सम्भावना बढेको छ । केसीले प्रचण्डलाई चुनाव हराएर चर्चा बटुलेका थिए । उनी मन्त्री भइसकेका छन् । प्रधान पनि मन्त्री भइसकेका छन् ।

केसी पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । सिंहले उनको पक्षमा अडान कसेका छन् । प्रधान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर हुन् । सिटौलाले भने प्रधानको साटो उमाकान्त चौधरीलाई बढाउने सम्भावना बढेको छ ।

प्रधान मन्त्री नबनाइए केसीको सम्भावना बढ्न सक्छ । काठमाडौं उपत्यकाबाट कुनैपनि सांसद मन्त्री नबनाइए सन्देश राम्रो नजाने हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै केसी या प्रधानमध्ये एकलाई बनाउन पहल गर्ने सम्भावना हुनसक्छ । विशेषगरी प्रधानको सम्भावना बढ्न सक्छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty three ÷ seven =