वलिहाङ तङनाम ५०८१ कोअबशरमा इजरायलमा देउसी भैलो कार्यक्रमको आयोजना |

इजरायल बिसेष

तीनजुरे अनलाइन|

किरात याक्थुंङ चुम्लुङ्ग इजरायलले वलिहाङ तङनाम ५०८१ [२०७८ ] को पावन अबशरमा ५ नोभेम्बरमा शुक्रबार साझ याक्थुङ बिधिगत रुपमा नामलिङ्गेक/ लारिङ्गेक [देउसी भैलो] कार्यक्रमको आयोजना गरेको छ |

तेलअबिब शहरको लेभनिन्सकी ९९ मा रातिको ११:३० बजे सुरु हुने उक्त कार्यक्रममा उपस्थित हुन सम्पूर्ण इजरायलबाशी नेपाली हरुमा किरात याक्थुंङ चुम्लुङ्ग इजरायलले अनुरोध गरेको छ |

आयोजक संस्थाको जानकारी अनुसार शुक्रबार साझ हुन गइरहेको वलिहाङ कप पाचौं संस्करण खेल पनि सोहि दिन भएकोले उक्त कार्यक्रम राति मात्र सुरु गर्न लागेको हो परदेशभूमिमा रहेर पनि किरात याक्थुंङ चुम्लुङ्ग इजरायलले हरेक चाड पर्ब बिधिबत रुपमा मनाउदै आएको छ |

सूचना जस्ताको त्यस्तै

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty + = sixty five