राष्ट्रिय नेवा:खल:ईजरायलको आयोजनामा म्ह:पुजा तथा नेपाली मौलिक सम्बत ११४२ मनाईयो (भिडीयो सहित)

इजरायल बिसेष
  1. तीनजुरे अनलाइन |

नेपालीहरुको महान पर्व स्वन्ति नख: म्ह:पुजा तथा नेपाली मौलिक सम्बत ११४२ नयाँ बर्षको अबसरमा राष्ट्रिय नेवा:खल:ईजरायलले धार्मिक तथा सांस्कृति झल्कने विशेष कार्यक्रम सम्पन्न  गरेको छ |

इजरायल सहरको तेलअबिब स्थित नया बसपार्कको एभरेस्ट डिस्को हलमा गत  नोभेम्वर ५ तारीखका दिन इजरायली समय अनुसार साझ ६:३० बजेदेखि सुरु भएको उक्त  कार्यक्रममा म्ह:पुजा न्हुं दँ (नयां बर्ष) बलिहाङ तिहारको शुभ कामना आदानप्रदान, नेपाली मौलिक नेपालभाषा गीत , नृत्यको साथमा भब्य कार्यक्रम सम्पन्न भएको छ !

उक्त कार्यक्रम संस्थाकी अध्यक्ष स्वस्तिका श्रेष्ठको सभापतित्व साथै   नेपाली राजदुतावासका  कार्यबाहक उपनियोग प्रमुख अर्जुन घिमिरेको प्रमुख आतिथ्य,बिशिष्ट अतिथि  नेपाल आदिबासि जनजाती महासंघ इजरायलकी  अध्यक्ष  मिङमार शेर्पा   इजरायलमा सक्रिय राजनीतिक,सामाजिक,साहित्तिक र धार्मिक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि हरु साथै मिडिया संचारकर्मी
लगायतको उपस्तिथि रहेको थियो !

महासचिव ज्योति प्रधानले संचालन गरेको उक्त कार्यक्रममा गायक राज लिम्बु, लक्ष्मी गडतौला (बास्कोटा)  जानुका निरौला,शुनिल बज्राचार्य लगायतका कलाकारले कार्यक्रमलाई सङीतमय बनाएका थिए !

म्ह: पुजाको भिडीयो हेर्नुस्

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight × = sixteen