नेपालबाट आमन्त्रित कलाकारहरु को साथमा ‘हरितालिका तिज मेघा महोत्सव’ इजरायलमा हुदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

गैरआवासीय नेपाली संघ (एनआरएनए), एनसिसि इजरायल र झापाली समाज इजरायलको आयोजनमा आगामी अगस्ट २६, २०२२  मा तेल अभिबको तेल अबिब बिश्वविद्यालय सभास्थलमा   नेपाली नारीको महान पर्व हरितालिका तिज तथा चोथा पुजाको अवसरमा ‘हरितालिका तिज मेघा महोत्सव’ हुने भएको छ ।

भव्यरुपले कार्यक्रम आयोजना गरिने भएको छ ।उक्त सांगेतिक कार्यक्रममा नेपाली कलाकारहरु लोक गायिका टिका सानु, लोकगायक कुलेन्द्र बि.क, गायक तथा संगीतका राजन राज शिवाकोटी र गायक पुष्पन पुस्कर प्रधानको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सव कार्यक्रममा इजरायमा रहेका सम्पुर्ण नेपालीलाई उपस्थितीको लागि आयाजकले अनुरोध समेत गरेको छ । लेवन्स्की पार्कबाट कार्यक्रम हुने स्थलसम्म निशुल्क बसको व्यबस्था समेत  रहेको  आयोजकले जानकारी दीएका   छन ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven × one =