अन्तर्राष्ट्रिय झापाली समाजको तेश्रो अधिवेसन सम्पन्न, अध्यक्षमा दिपक ओलि चयन !!

इजरायल बिसेष

तिनजुरे अनलाइन!

विश्व भर रहेका झापालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय झापाली समाजको तेश्रोअधिवेसन बाट अध्यक्षमा दिपक प्रसाद ओलि चयन भएका छन !

जुमभर्चुअल मार्फत  शुक्रबार राति सम्पन्न भएको तेश्रो महाधिवेशनबाट  अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका  ओली अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन !

एन आर एन ए इजरायलका पुर्ब अध्यक्ष  रहेका  दिपक प्रसाद  ओली सामाजिक ब्याक्तित्व साथै  विभिन्न संघ संस्थामा आबद्ध समेत छन !

दुइ बर्षको कार्यकालका लागी अध्यक्ष: दिपक प्रसाद ओली (इजरायल), बरिस्ठ. उपाध्यक्ष: मुकुन्द ढुंगाना (अमेरिका),
उपाध्यक्ष: महेन्द्र चम्लागाई (कतार), उपाध्यक्ष: दिपक चुडाल(अस्ट्रेलिया), महासचिब: नगेन्द्र प्रसाद पोख्रेल, नविन(कतार), सचिब: अजय राजबंसी(अस्ट्रेलिया), संयोजक क्रमसः प्रदिप तिम्सिना (अमेरिका), चुडामणि कार्की (कतार, मध्यपूर्व), उमेश पोख्रेल (अस्ट्रेलिया), ललित न्यौपाने (युके, युरोप), सह संयोजक: प्रसन्ना तिम्सिना (अमेरिका), सदस्यहरु: तुलशी प्रसाद सिवाकोटी (जर्मनी), रबिन गिरि (साउदी अरेबिया), अर्क राज तिम्सिना (युके), चनिलाल राजबंशी (कतार) लगायतको  कार्य समितीमा चयन गरिएको हो !

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो महाधिवेशनको उद्घाटन शुक्रबार बिहान सुरु भएको थियो ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा महाधिवेशन सम्पन्न भएको हो ।
प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको महाधिवेशन उद्घाटन समारोहमा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, समाजका संरक्षक दिनेशकुमार पोखरेल, भवानी ओली, झापाली समाजको अमेरिका क्षेत्रबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष मुकुन्द ढुंगाना, ओसनीया क्षेत्रबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष दीपक चुडाल, मध्य पूर्व क्षेत्रको प्रतिनिधित्व गर्दै कोषाध्यक्ष चुडामणि कार्की, युरोप क्षेत्रको राष्ट्रिय समितिको प्रतिनिधित्व गर्दै उपाध्यक्ष ललित न्यौपाने र दीपक ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष नवीन पोखरेलले गरेका थिए ।
हाल विश्वका ४० राष्ट्रमा झापाली समाजको राष्ट्रि समिति विस्तार गरिसकेको समाजले स्थापनाको छोटो अवधिमा सामाजिक तथा शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै महाधिवेशन उद्घाटन सत्रका अतिथिहरुले प्रशंसा गरेका थिए ।

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 ÷ = fourteen