अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौ वार्षिकोत्सव तथा साधारण सभा हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन!
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौ  वार्षिकोत्सव
तथा साधारणसभा आउदो जुन १७ तारिख इजरायलको तेलअभिबमा हुने भएको छ !

इजरायलको बसपार्क मुनि रहेको  एभरेस्ट डीस्को हलमा साझ ६ बजे देखी  सुरु हुने संस्थाका अध्यक्ष  अनिल सिंह राजपुतले जानकारी दीएका छन !

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा “न मर्छ कला न मर्छन्  कलाकार फैलाउने हाम्रो परम्परा अनि संस्कार” भन्ने मुल नाराको साथमा कला संस्कृतिको जगेर्नाको लागी इ. स. २०१२ मा इजरायलमा स्थापना भएको हो !

कार्यक्रममा प्रवेश नि:शुल्क रहेको छ भने
उक्त कार्यक्रममा इजरायलमा बस्दै आएका सम्पूर्णलाई उपस्थितीको लागि आह्वान गरिएको छ । उक्त कार्यक्रममा आफूसँग भएका सबैखाले प्रतिभालाई प्रस्तुत गर्न पाइने जानकारी गराउँदै आयोजकले त्यसका लागि अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको आधिकारिक सदस्य बन्न इच्छुकले सामाजिक सञ्जालको माध्यमबाट खबर अथवा इमेल गर्न पनि तलको ठेगानामा अनुरोध गरेको छ ।

०५८–७२१६७७७ अनिल सिंह राजपुत
०५४–३४६२३२४ कुमार लिम्बु (अभि )
०५४– ५२४६८६० राज लिम्बु
इमेल : [email protected]

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine × = 54