नमस्ते नेपाल हातेमालो समाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन सम्पन्न, अध्यक्षमा सानु खतिवडा|

इजरायल बिसेष

तिनजुरे अनलाइन,

मनोरंन्जन, परोपकार लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान, भन्ने मूलनाराका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिती इजरायलको चौथो अधिबेसन गत शुक्रबार इजरायलको तेलअबिबमा बिबिध कार्यक्रमका साथ  सम्पन्न भएको छ |

 

इजरायल समन्वय समितिकी निवर्तमान कार्यबाहक संयोजक सानु खतिवडाको सभापतित्व र NRNA इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पाको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि तथा सभापतिले   दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

इजरायल तेलअबिभमा बसपार्क पछाडीको सानो पार्कमा सम्पन्न  भएको उक्त कार्यक्रमले   सानु खतिवडाको अध्यक्षतामा १० सदस्यीय इजरायल समन्वय समिती गठन गरेको र अन्य बाकि १ सदस्य चाडै थप गरिने  भएको छ  । अध्यक्ष सानु खतिवडा बरिस्ठ उपाध्यक्ष भिमा थापा , उपाध्यक्षमा धर्म भन्डारी , सचिब चिनु सुबेदी , कोषाध्यक्ष अमिरा थापा , सह-कोषाध्यक्ष साबि खड्का सदस्य हरुमा नारायण तिवारी , आरती कार्की ,सन्तोष श्रेष्ठ र रन्जना मैनाली रहेका छन । आगामी दिन हरुमा नवगठीत समितिले सबै आजिवन सदस्य र परोपकारी मनहरुलाइ समेट्दै सस्थाको लक्ष्य र उदेश्य बमोजिम उल्लेखनीय कामहरु गर्दैजाने  कुरा अध्यक्षसानु खतिवडाले तिनजुरे अनलाइन् लाइ जानकारी दिनु भयो |

कामको व्यस्तताको बाबजुत पनि उक्त साधारण सभामा उपस्थित भइ  कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण आजिबन सदस्य हरु लगायत  इजरायलमा कार्यरत सम्पूर्ण संघ संस्था महानु भाव पत्रकार साथै   सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनिहरुमा  नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलले  हार्दिक धन्यवाद प्रकट  गरेको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ eighty two = 88