इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ ।
सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई विगत ७ बर्षदेखि रोजगारीको लागि इजरायलमा रहेकी अन्दाजी ४० बर्षिया दामी ग्याल्मु लामा नाम गरेकी लामालाई दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको थियो । दुुर्घटनाबाट गम्भिर घाइते भएकी लामाको तत्कालै आकस्मिक शल्यक्रिया गरिएको थियो । ए1नेपाल डट कमले यही समाचारको विस्तृत जानकारी प्राप्त भइ नसक्दै वुधवार रातको करिव साढे १२ बजे समाचार सम्प्रेसण गरिरहदा मृतक लामा कार्यरत एजेन्सीले उनको पेटको शल्यक्रिया गरिसकेको र अन्य आवश्यकिय आकस्मिक शल्यक्रियाको लागि अप्रेसन थियटर लगिएको बताएकी थिइन । उनको उपचारमा खटिएका चिकित्सकले मृतक लामाको टाउकोमा गम्भिर चोट लागेको र शल्यक्रिया पनि सफल नभएको बताएका थिए । विहान करिव ४ बजे अस्पतालले लामाको निधन भएको घोषणा गरेको मृतक लामाकी इजरायलमै कार्यरत वहिनी लासोङ ह्योल्मु लामाले जानकारी दिइन ।
७ बर्षिय १ छोराको आमा समेत रहेकी दामी ह्योल्मु लामा करिव ७ बर्ष अघि ४ महिनाको दुधे बालक छोडेर प्रदेशिनु भएको थियो ।
यसै विच हामीले टेलिफोन सम्पर्क गरी लामाको निधन भएको बारे नेपाली राजदूतावासलाई जानकारी गराएका छौं । नेपाली राजदूतावासले यथासिघ्र मेयर अस्पताल पुगी मृतक लामाको विषयमा विस्तृत जानकारी लिने ए1नेपाल डट कमलाई जानकारी गराएको छ ।
१० अक्टूवर वुधवार रातको करिव साढे ८ बजे उनी कार्यरत केफरममास नजिकैको रुपिन्चोकमा सडक पेटीमा रहेकी दामी लामालाई निजि कारले ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै अस्पताल पुर्याइएकी लामाको इजरायल प्रहरीले मोवाइळ फोन मार्फत नम्वर पत्ता लगाइ उनको एम्प्लोयरलाई खवर गरेको थियो । तत्पश्चात एम्प्लोयरले उनको एजेन्सीलाई खवर गरेको थियो ।
मृतक लामाकी एजेन्सी एमीले प्रहरीले घटनाको विषयमा अनुसन्धान शुरु गरेको छ भने मृतक लामाले रोजगारदाता र विमा कम्पनीबाट पाउनुपर्ने सम्पूर्ण हर हिसाव अघि बढाएको बताएकी छिन् । त्यस्तै मृतकको शव स्वदेश फर्काउनको लागि आश्यकत प्रकृया अघि बढाइएको पनि एमीले बताइन ।
ए1न्यूज बाट साभार गरिएको