नेवाः खल इजरायलको आयोजनामा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा मनाइदै |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

नेवाः खल इजरायलको आयोजनामा म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा मनाइने भएकोछ |

आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष  समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास मा यो पर्ब मनाइन्छ।

प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ भने । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ । म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक/एकवटा मण्डल बनाइँछ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालि यो पर्ब मनाइने गरिन्छ |

नेवा खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठले तिनजुरे अनलाइनलाइ जानकारी दिएअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा मनाइने उक्त पर्ब परदेशमा भने छुट्टीको समय मिलाई मनाइने गरिन्छ भने नोभेम्वर ९ तारिख, शुक्रबारका दिन तखाना मार्काजित तेश्रो तला,तेलअभिवको एभरेस्ट डिस्को हलमा साँझ ६ बजे सुरु हुने उक्त कार्यक्रम सदाका बर्ष झै यश बर्ष पनि  नेवा: समुदायको राष्ट्रिय माैलिक पर्ब स्वन्ति नख:, म्ह पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुनाकाे अग्रिम शुभकामना साथै सु- स्वास्थ दृघायु एवं सुख समृद्धि काे पनि कामना सहित सम्पन्न गराऊन भब्य रुपमा  तयारी रहेको कुरा बताएकी छन् |

उक्त कार्यक्रम लाइ सफल बनाउन इजरायलमा स्थापित सामाजिक, धार्मिक, राजनैतिक र साहित्यिक संघ संस्थाहरु साथै अनलाइन मीडिया कर्मी ज्युहरु लगायत कर्मभूमी इजरायलमा रहनु भएका सम्पूर्ण आदर्णीय दाजुभाई तथा दिदिबहिनिहरुमा अग्रिम निमन्त्रणा टकार्उदै, म्ह: पूजा कार्यक्रममा उपस्थित भई प्रसाद ग्रहण (समेबजी भोज) गरिदिन हुनका निमित्त आयोजक संस्था नेवाः खल इजरायलले सम्पूर्णमा  अनुरोध समेत गरेको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =