इजरायलमा डान्स प्रतियोगिता सङै दशै बिसेष कार्यक्रमको पूर्ण तयारी ।

इजरायल बिसेष

इजरायलमा डान्स प्रतियोगिता सङै दशै बिसेष कार्यक्रमको पूर्ण तयारी भएको छ !

कला सस्कृति परम्परा र संस्कारको जगेर्ना गर्नको लागि  स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले  इजरायलमा विभिन्न कार्यक्रम गर्दै आएको छ यश पटक पनि अक्टोबर ११ तारिख शुक्रबार साँझ इजरायलको  यार्कोन पार्कमा इजरायलमा कार्यरत सम्पूर्ण नृत्यकार हरुको लुकेको प्रतिभा लाइ प्रस्फोटन गराउने उदेश्यका साथ  (online nepali solo open dance competition )2019 नेपाली विधाका जुन सुकै गीतमा नृत्य प्रस्तुत गर्न  पाइने गरि नृत्य प्रतियोगिता हुने भएको छ ।

गत सेप्टेम्बर १३ तारिक बेलुका ७ बजे  राखीएको  प्रतिस्पर्धीहरुको नृत्य निर्णायक मण्डललाई जिमेल मार्फत पठाइ सकिएको  र नेपाल बाट निर्णय आएको निर्णय अनुसार   बिजेताहरुको नामावली अक्टोबर ११ तारिख दशै तथा मोहनि नख: पर्वमा, भोज सहितको कार्यक्रमको दिन घोषणा गरिने कुरा आयोजक संस्था अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाकी अध्यक्ष कादम्बरी दाना श्रेष्ठले तीनजुरे अनलाइन लाइ जानकारी दिनु भयो । 

कार्यक्रममा प्रथम हुनेलेअवार्ड, प्रमाण पत्र सहित ने रु: २१,००० (एक्काईस हजार रुपैयाँ ) प्राप्त गर्नेछन् भने दित्तिय , तृतीय,सान्त्वना हुने  बिजेतालाई पुरस्कार सहित प्रमाण पत्रले सम्मान  साथै नृत्य प्रतियोगितामा सहभागी सम्पुर्णलाई प्रशंसा पत्र द्धारा सम्मान गरिने अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी महासचिव युनिका गुरुङले जानकारी दिनु भयो !

 

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× four = twenty four